मदन राजवंशी मनप्रीत
पुस २६, गौरीगञ्ज । गौरीगञ्जका ५ जना जनप्रतिनिधि हरुले गत पुस २४ र २५ गते गाउँपालिका ले सञ्चालन गरेको गणक , सुपरीवेक्षक र कार्यालय सहयोगी पदको परीक्षा रद्द गर्न माग गरेका छन् ।
उपाध्यक्ष दिपेन्द्र थापा, वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी, वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी, वडा नं ३ का वडाध्यक्ष मखना महतो वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई र वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव ले सँयुक्त रुपमा हस्ताक्षर गरि गाउँपालिकामा सोमबार माग निवेदन दर्ता गराएका छन् ।
निवेदनमा कार्यालयबाट मिति २०७८/०९/२४ र २५ गते सुपरिवेक्षक, गणकर का.स. को परीक्षा लिइएको लिखित परीक्षा र सो परीक्षाको परीक्षाफल प्रकाशनमा लोक सेवा आयोगको नियम तथा उपनियम विपरीत हुनेगरी परीक्षाफल प्रकाशित गरिएकोमा साथै परीक्षा मर्यादित र निष्पक्ष नरहेको भनि मिति २०७८/०९/२५ गते परीक्षार्थीहरुले दिएको निवेदनलाई समेत मध्यनजर गरि सो परीक्षा रद गरि पुनः अर्को परीक्षा निष्पक्ष, मर्यादित, पारदर्शी तवरले संचालन गर्न अनुरोध गर्दै यो निवेदन पेश गरेका छौ भनिएको छ ।
आईतबार बेलुका परीक्षा को नतिजा सार्वजनिक गर्ने तयारी भइरहदा १३ जना परीक्षार्थी हरुले अध्यक्ष र सम्बन्धित व्यक्ति हरुको अनियतपुर्ण मिलेमतो मा परीक्षा सञ्चालन गरिएको ले अन्तरवार्ता र प्रयोगात्मक परीक्षाको नतिजा स्थगित गराइपाउँ भनि निवेदन परेको थियो ।
परीक्षार्थी हरुले निबेदन पेश गरिरहदा वडा नँ १ , २, ३ , ४ र ६ का वडाध्यक्ष हरु नियम बिपरित परीक्षा स्थलमा प्रवेश गरेका थिए । गत मँसिर २४ गते नै सञ्चालन हुने तय भएको सो परीक्षा त्यस बेला पनि अन्तिम अवस्थामा आएर मँसिर २३ गते राति उपाध्यक्ष र ४ जना वडाध्यक्ष हरुले निबेदन दिएर परीक्षा रोकेका थिए ।
परीक्षा नतिजा स्थगित गर्न निबेदनमा हस्ताक्षर गर्ने एक परीक्षार्थी अरबिन राजवँशीले परीक्षाको नाममा परीक्षार्थी हरुको आँखामा छारो हाल्ने काम मात्र भएको कुरा बताएका छन्।
सञ्चालन भएको लिखित परीक्षा को नतिजा लोकसेवा नियमावली विपरित रहेको वडाध्यक्ष हरुको आरोप छ । तर परीक्षा समिति सँयोजक समेत रहेका प्रमुख प्रसासकीय अधिकृत सन्तोष श्रेष्ठ ले परीक्षा को नतिजा लोकसेवा नियमावली अनुसार नै प्रकाशित गरेको दाबी गरेका छन् ।
लोकसेवा नियमावली को नियम २४ को उपनियम १ अनुसार पद सँख्या ११ देखि १५ सम्म भएमा लिखित परीक्षाको नतिजा प्रकाशित गर्दा पद सँख्या माथप ४ जना थपि नतिजा प्रकाशित गर्नु पर्ने प्रावधान रहेको छ । तर सञ्चालन भएको परीक्षा मा १३ वटा पद सँख्या मा १९ जनाको मात्र नाम निकाल्न पर्ने मा ४८ जनाएको नाम निकालिएको थियो । यद्यपि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले नियमावली को उपनियम ५ बमोजिम नतिजा प्रकाशित गरेको दाबी गरेका छन् नियमावली को उपनियम ५ मा समान अँक ल्याउने धेरै समान स्तरका विभिन्न पदको लागि एउटै समयमा भएको भिन्दा भिन्दै विज्ञापन बमोजिमको नतिजा प्रकाशन गर्दा अन्तिम प्राप्ताङ्ग समान भएका उम्मेदवार एकभन्दा बढी भएमा समान अँक ल्याउने सबै उम्मेदवार को नाम प्रकाशित गर्न सकिने प्रावधान छ ।
गाउँपालिका ले गत पुस १७ गते सञ्चालन गरेको स्वास्थ्य सेवा को परीक्षा र पुस २४ गते सञ्चालन गरेको गणक, सुपरीवेक्षक र कार्यालय सहयोगी को परीक्षा मा नै दुइ खालको नियम लगाएको देखिन्छ । सामान्यतया एउटै पालिकाले लिएका परीक्षा मा समान नियम लागु हुनु पर्दछ । स्वास्थ्य सेवाको परीक्षामा परीक्षा समिति ले कतिपय उम्मेदवार लाई परीक्षै नलिइ सर्ट लिस्ट बाटै हटाएका थिए भने गणक, सुपरीवेक्षक र कास को परीक्षा मा सर्ट लिस्ट नै निकालिएन ।
अध्यक्ष र वडाध्यक्ष हरु बिच चर्काचर्की
परीक्षा नतिजा कै बिषयलाई लिएर गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र वडाध्यक्ष हरु बिच अध्यक्ष को कार्यकक्षमा चर्काचर्की भएको छ । परीक्षा कै बिषयलाई लिएर सोमबार बिहान नेपाली काँग्रेस का प्रतिनिधि हरु गाउँपालिका डेलिगेसन गएका थिए । काँग्रेस क्षेत्र नं ५ (क) का क्षेत्रिय सभापति जीवन राई र काँग्रेस बाट निर्वाचित गौरीगञ्जका वडाध्यक्ष हरु सहित गौरीगञ्ज गाउँ समिति का पदाधिकारी हरु सोमबार बिहान डेलिगेसन गएका थिए । छलफल कै क्रममा अध्यक्ष बाबुराजा श्रेष्ठ र वडाध्यक्ष हरु बिच चर्काचर्की भएको छ । अध्यक्ष श्रेष्ठले परीक्षा पारदर्शी भएको दावी गरि रहदा काँग्रेस प्रतिनिधि हरुले नियमावली विपरित नतिजा प्रकाशित गरेको दाबी गरिरहेका थिए ।
काँग्रेस प्रतिनिधि हरुले परिक्षा समिति सँयोजक सन्तोष श्रेष्ठ सँग नियमावली विपरित नतिजा सार्वजनिक किन गरेको भनि सोध्दा अध्यक्ष श्रेष्ठले नियमावली विपरित नतिजा सार्वजनिक भएको शँका लागेका हरुले शनिबार साँझ नै नतिजा प्रकाशित गर्दा आइतबार बिहानै किन बिरोध नगरेको भनि प्रतिबाद गरेका थिए । यहि बेला परीक्षा समिति सँयोजक लाई प्रश्न राख्दा तपाईं अध्यक्ष ले किन बचाउ गरेको भनि वडाध्यक्ष हरुले रोकेका थिए ।
छलफल को अन्त्यमा छानबिन समिति गठन गरि लिखित परीक्षा को सबै उत्तर पुस्तिका छानबिन गर्ने सहमति जनाएका वडाध्यक्ष हरु पछी २४ गतेको परीक्षा रद्द गरि पहिला १७ गते लिइएको स्वास्थ्य सेवा को परीक्षा को उत्तर पुस्तिका छानबिन गर्न भनेर हो हल्ला गरेका थिए । जबकि स्वास्थ्य सेवा को परीक्षा बारे उजुरी नै परेको थिएन ।
छलफल बाट बिना सहमति बाहिरिएका काँग्रेस प्रतिनिधि सहित का वडाध्यक्ष हरुले आन्तरिक छलफल गरि गाउँपालिकामा उपाध्यक्ष दिपेन्द्र थापा सहित ४ जना वडाध्यक्ष हरुको हस्ताक्षर सहित २४ र २५ गतेको परीक्षा रद्द गर्ने माग सहितको उजुरी दर्ता गराएका थिए ।
अध्यक्ष र वडाध्यक्ष हरु बिच को असमझदारी का कारण शुरुदेखि नै स्वास्थ्य सेवा र गणक लगायतका पदहरुको परीक्षा बिबादित रहदै आएको छ । यि पद हरुका लागि भदौ २८ गते नै बिज्ञापन खुलाईएको हो ।
यस घटना बारे सामाजिक सञ्जालमा समेत तर्क वितर्क चलेको छ कतिपय ले यो घटनालाई अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत को मिलेमतो भनेका छन् भने कतिपय ले वडाध्यक्ष हरुको मान्छेको नाम निस्किन नसकेपछि वडाध्यक्ष हरुले हस्तक्षेप गरेको बताएका छन् ।
यस बारे परीक्षा समिति सँयोजक तथा प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ सँगको कुराकानी हेर्नुहोस –