असोज १२, गौरीगञ्ज । गौरीगञ्ज क्याम्पसमा स्नातक तह अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थी हरुलाई स्वागत गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि का रुपमा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबत्ती राजवंशी को उपस्थिति रहेको थियो भने विशिष्ट अतिथि का रुपमा उपाध्यक्ष पुजन न्यौपाने कुँवर को उपस्थिति रहेको थियो । त्यसैगरी वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी, उद्योग वाणिज्य संघ गौरीगञ्ज का अध्यक्ष मखना महतो लगायतको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य राख्दै क्याम्पस प्रमुख सर्बत लाल राजवँशी ले गौरीगञ्ज क्याम्पसको बिगत खोतलेका थिए । गौरीगञ्जका दर्जनौ शिक्षासेवी हरुको अथक प्रयासबाट स्थापना भएको क्याम्पस लाई अहिले केहि ब्यक्तिले सामुदायिक क्याम्पस हो भन्न डराउनु दुखको कुरा भएको बताए । वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी ले गौरीगञ्ज क्याम्पस सामुदायिक क्याम्पस भएकाले सामुदायिक शैक्षिक सँस्था हरुले पाउने स्थानीय सरकारको सबै सुबिधा पाउनु पर्ने बताए उनले गौरीगञ गाउँपालिका बाट पालिका भरिका प्लस टू का बिद्यार्थी हरुलाई निशुल्क शिक्षा दिने निर्णय भएको हुँदा सो सुबिधा गौरीगञ्ज क्याम्पस ले पनि पाउनुर सोका लागि आफुले जसरी पनि सो सुबिधा दिलाउने बताए । उपाध्यक्ष पुजन न्यौपाने कुँवर ले पनि गौरीगञ्ज क्याम्पस सामुदायिक क्याम्पस भएकाले पालिका बाट दिइने सेवा सुविधा बाट बञ्चित गराउन नहुने बताए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले बजारमा चलेका हल्ला हरुको पछी नलाग्न जिकिर गर्दै पालिका बाट सामुदायिक शैक्षिक सँस्था हरुलाई दिइने सुबिधा हरुमा कसैलाई भेदभाव नगरिने बताए ।

स्ववियु सभापति देब ताजपुरियाको सभापतित्वमा सम्पन्न भएको स्वागत कार्यक्रममा स्वागत मन्तव्य नेविसंघ का इकाइ सभापति रोशन यादवले गरेका थिए भने उद्योग वाणिज्य संघ गौरीगञ्ज का अध्यक्ष महतोले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मा बिद्यार्थी हरुले मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।