चैत ११, गौरीगञ्ज । नेपाल बैंक लिमिटेडको गौरीगञ्ज शाखाले गौरीगञ्ज क्याम्पस का बिद्यार्थी हरुलाई लक्षित गरी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस प्रमुख सर्वतलाल राजवंशी को अध्यक्षता मा शुक्रबार क्याम्पस को सभाहलमा भएको साक्षरता कार्यक्रम मा नेपाल बैंक का बिभिन्न सेवा सुबिधा, खाताका प्रकार, मोवाइल बैङ्किङ, डिजिटल माध्यम बाट बिजुली, खानेपानी टेलिफोन को बिल तिर्न, लगायतका बित्तिय जानकारी हरु दिइएको थियो ।
विद्यार्थी हरुलाई लक्षित गरि नेपाल बैंक लिमिटेड ले ल्याएको शुभ ज्ञान खाताको बारे जानकारी दिदै शाखा प्रमुख सञ्जय साहुले बिद्यार्थी को भ्यालिड परिचयपत्र, नागरिकता को फोटोकपी र दुइ प्रति पासपोर्ट साइजको फोटो लिएर शुभ ज्ञान खाता खोल्न सकिने कुरा बताए । शुभ ज्ञान खाता शुन्य ब्यालेन्स मा खोल्न सकिने र यो शुभ ज्ञान खाता खोल्ने बितिक्कै खातावाल बिद्यार्थी लाई बैँकले नमस्ते को सीम उपलब्ध गराउने कुरा बताए । सो सीममा एक महिना सम्म हतेक दिन ४० मिनेट फ्रि टक टाइम, हरेक दिन ४० एमबि डाटा, १० वटा एसएमएस निशुल्क पाईने र क महिना पछि हरेक महिना एक जिबि डाटा निशुल्क प्रदान गरिने कुरा बताए ।
कार्यक्रम मा बैङ्कका तर्फ बाट दयाराम खड्का पँकज ठाकुर, राजेन्द्र ताजपुरिया लगायतले प्रशिक्षण दिएका थिए ।