पुस २, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका स्थित गौरीगञ्ज बहुमुखी क्याम्पस ले आफ्नो स्थापनाको ३० औँ बार्षिकोत्सव मनाएको छ । शुक्रबार बार्षिकोत्सव को समापन समारोहमा बोल्दै क्याम्पस प्रमुख सर्बतलाल राजवँशीले क्याम्पस को बार्षिक आय व्यय तथा प्रगति बिबरण प्रस्तुत गरेका थिए ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष तथा क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष बाबुराजा श्रेष्ठ को सभापतित्व तथा प्रदेश नँ १ का प्रदेश सभा सदस्य हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव समापन समारोहमा रामलाल गोल्छा धापोदेबी ट्रष्ट का तर्फबाट क्याम्पस का उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरु लाई नगद छात्रवृत्ति प्रदान गरिएको थियो । ट्रष्टका तर्फ बाट गोल्छा अर्गनाइजेसन का प्रतिनिधि सन्तोष शर्मा तथा प्रमुख अतिथि कार्की को हात बाट क्याम्पस मा अध्ययनरत हरेक तह र सँकायका उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
३० औ वार्षिकोत्सव को उपलक्ष्यमा गएको हप्ता भरि क्याम्पस मा बिद्यार्थी हरु बिच हाजिरी जवाफ, खेलकुद गीत नृत्य तथा साहित्य लगायत बिभिन्न प्रतिस्पर्धी हरु गरिएको थियो भने शुक्रबार समापन समारोहमा ति प्रतिस्पर्धी का बिजेता बिद्यार्थी हरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।
कार्यक्रम मा मेनुका राजवँशी र ज्ञानु राजवँशीले नृत्य प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालक समितिका सदस्य विष्णु न्यौपाने स्वागत मन्तव्य व्यक्त गर्दै क्याम्पस लाई हालको अवस्थासम्म ल्याइपुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम मा शुभकामना मन्तब्य राख्दै नेकपा एमाले गौरीगञ्जका अध्यक्ष गोविन्द कुँवरले किस्नी रतुवा र लेरा पुल निर्माण नहुँदा बिद्यार्थी हरुलाई क्याम्पस आउन जान कठिनाइ भएको कुरा प्रमुख अतिथि कार्की लाई ध्यानाकर्षण गराएका थिए ।
प्रमुख आतिथ्यताको आसन बाट बोल्दै प्रदेश सभा सदस्य हिक्मत कार्की ले हुलाकी सडकमा अधुरा अवस्थामा रहेका पुलहरु समस्या का रुपमा रहेको मा बिशेष गरि रतुवा पुल मौजुदा अवस्थामै सञ्चालन गर्न खोला तटबन्ध का लागि ठेक्का प्रक्रिया मा अघि बढि सकेको र लेरा लगायतका अधुरा पुलहरु का ठक्केदार हरुलाई सँपर्क मा ल्याएर स्पष्टीकरण सोध्ने र चित्त नबुझे कारवाही अघि बढाउने कुरा बताएका छन् ।
सभा बिसर्जन गर्दै सभाध्यक्ष तथा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले क्याम्पस लाई प्रगति पथमा अघि बढाउन सबै विद्यार्थी अभिभावक तथा ब्यबस्थापन समिति तथा शिक्षक प्राध्यापक हरुको साथ र सहयोग हुनुपर्ने कुरा बताए ।
अध्यक्ष श्रेष्ठद्वारा अक्षयकोष स्थापना
गौरीगञ्ज गाउँपालिका अध्यक्ष तथा क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष बाबुराजा श्रेष्ठ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरु का लागि छात्रवृत्ति स्वरुप रु ७६ हजार ९ सय ४० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । यस अघि क्याम्पस का जेहेन्दार विद्यार्थीहरु का लागि नगद रु ४० हजार प्रदान गरिसकेका अध्यक्ष श्रेष्ठले यो बर्ष रु १ लाख १६ हजार ९ सय ४० रुपैंया प्रदान गरेका हुन् । उनले सो रकम गाउँपालिका बाट आफुले पाउने तलब सुविधा बाट प्रदान गरिएको कुरा बताएका छन् ।
अध्यक्ष बाबुराजा श्रेष्ठ ले क्याम्पस मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरु लाई सहयोग पुग्ने गरि अक्षयकोष स्थापना गर्न रु ५१ हजार रुपैंया थप सहयोग गरेका छन् । कम्तीमा रु १० लाख सम्मको अक्षयकोष स्थापना गर्न सो रकम सहयोग गर्ने कुरा अध्यक्ष श्रेष्ठले बताएका छन्
आफ्ना दिवँगत बुबा भाईराजा श्रेष्ठ तथा आमा खेमकुमारी श्रेष्ठ को स्मृति मा अक्षयकोषको स्थापना गर्न सहयोग गर्ने कुरा श्रेष्ठ ले गौरीगञ दर्पण डटकम लाई बताएका छन् । उनले क्याम्पस को बार्षिकोत्सव कार्यक्रम मा सो कुरा घोषणा गर्न छुटाएपनि सो ५१ हजारको चेक तत्कालै क्याम्पस प्रमुख लाई उपलब्ध गराउने बताएका छन् ।
स्नातकोत्तर (एम एड) सम्मको पढाई गौरीगञ्जमै
क्याम्पस प्रमुख सर्बतलाल राजवँशीले गौरीगञ्ज क्याम्पस मा स्नातकोत्तर तह एमएड सम्मको कक्षा सञ्चालन गर्ने निर्णय भएको कुरा बताएका छन् । क्याम्पस को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै क्याम्पस प्रमुख राजवंशी ले एमएड सम्मको कक्षा सञ्चालन गर्न क्याम्पस ब्यबस्थापन समिति ले निर्णय गरिसकेको र त्रिभुवन विश्वविद्यालयबाट एमएड कार्यक्रम सञ्चालनका लागि सुचना जारी हुने बितिकै प्रकृया अघि बढाउने बताएका छन् ।
महत्वाकांक्षी बार्षिक योजना
गौरीगञ्ज क्याम्पस ले आगामी बर्ष का लागि महत्वाकांक्षी निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । क्याम्पस को ३० औ वार्षिकोत्सव समापन समारोहमा बोल्दै क्याम्पस प्रमुख सर्बतलाल राजवँशीले निती तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बिद्यार्थी हरुको सुबिधा का लागि कम्तिमा २ वटा क्याम्पस बस सञ्चालन गर्न सँघिय तथा प्रदेश सरकार सँग माग गर्ने, अधुरा पुल तथा सडकहरु विद्यार्थी हरुका लागि बाधक बनेकाले क्याम्पस क्षेत्र भित्र का बाटो पुल तथा अन्य सँरचना हरु यथासिघ्र सञ्चालन का लागि स्थानीय सरकार सँग माग गर्ने, कर्मचारी तथा शिक्षक प्राध्यापक हरुको तलब सुविधा बृद्धि गर्ने, सभाहल बनाउन पहल गर्ने , अक्षयकोष स्थापना तथा स्नातक तहका बिद्यार्थी का लागि छात्रवृत्ति प्रदान गर्ने दाताहरुको खोजि गर्ने, कक्षा ११ देखि नै प्राबिधिक शिक्षा का कक्षा सञ्चालन गर्ने, गुणस्तर बृद्धि का लागि त्रैमासिक रुपमा शिक्षक प्राध्यापक हरुको नियमित समिक्षा बैठक राख्ने लगायत का महत्वाकांक्षी योजना हरु अघि सारेका छन् ।
बार्षिकोत्सवमा सञ्चालक समिति सदस्य तथा पुरस्कृत बिद्यार्थी हरु नै अनुपस्थित
शुक्रबार भएको बार्षिकोत्सव समापन समारोहमा क्याम्पस ब्यबस्थापन समिति का अधिकाँश सदस्यहरु नै अनुपस्थित रहेका थिए भने रामलाल गोल्छा धापोदेवी ट्रष्ट बाट प्रदान गरिएको छात्रवृत्ति पाउने अधिकाँश विद्यार्थी हरु अनुपस्थित रहेका थिए ।
पुरस्कार बितरण फितलो
३० औ वार्षिकोत्सव का बिभिन्न प्रतिस्पर्धी हरु मा बिजयी भएका बिद्यार्थी हरुलाई प्रदान गरिएको पुरस्कार प्रणाली फितलो भएको गुनासो बिद्यार्थी हरुले गरेका छन् । फुटबल खेलमा एउटा टिम भित्र अतिरिक्त खेलाडी सहित १५ जना खेलाडी हुने गरेको तर क्याम्पस ले ११ जनालाई मात्र पुरस्कृत गरेको, अरु प्रतिस्पर्धा हरुमा तेस्रो हुने प्रतिस्पर्धी हरुलाई समेत पुरस्कृत गरेको तर फुटबल तथा क्रिकेट प्रतियोगितामा दोस्रो हुने टिम लाई उपेक्षा गरेको गुनासो उनिहरुले गरेका छन् । प्रदान गरिएको मेडल हरुमा समेत कुनै प्रतिस्पर्धा तथा हासिल गरेको स्थान नलेखिएको गुनासो बिद्यार्थी हरुले गरेका छन् ।