
भदौ २०, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गौरीगञ्जको वडा नं ४ मा २५ वर्षिय युवाले वडा सभापति को पदमा अत्याधिक बहुमतले बिजयी हासिल गरेका छन् । वडा नँ ४ का स्थानिय युवा देव ताजपुरिया ले आफ्नोे प्रतिद्वन्द्वी गुनो देवी राजवँशीलाई १९ मतले हराउदै वडा सभापति पदमा निर्वाचित भएका हुन । सँभवत उनि झापा काँग्रेस कै सबै भन्दा कान्छो वडा सभापति हुन् ।
आईतबार सरस्वती प्राबि माभएको सभापति पदको निर्वाचन मा उनले ५३ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी गुनो देवी राजवंशी ले ३४ मत पाएकी थिइन् । वडा नँ ४ मा वडा सभापति बाहेक अन्य सबै पदका लागि सर्वसम्मत बाट पदाधिकारी चयन भएको छ ।
निर्वाचित ताजपुरिया गौरीगञ्ज बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् भने उनि नेविसंघ झापा का जिल्ला सदस्य पनि हुन् ।