असोज १० गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गौरीगञ्ज गाउँपालिकामा सभापति पदका लागि अघनु प्रसाद राजवंशी ले अत्याधिक बहुमतले बिजयी भएकाछन् । उनले प्रतिद्वन्दी राजेन्द्र कार्की दोब्बर मतले पराजित गर्दै विजयी हासिल गरेका छन् । सभापति पदका लागि राजवँशीले ७८ मत पाएका थिए भने उनका प्रतिद्वन्दी कार्कीले ३९ मत पाएका थिए । त्यसै गरी उपसभापति मा धिरज रिजालले ८५ र टिक नारायण राजवंशी ले ७५ मत ल्याएर विजयी भएका छन् । उनिहरुका निकटतम प्रतिद्वन्द्वी दुर्गा ताजपुरिया ले ४२ मत प्राप्त गरेका छन् ।
सचिव पदमा हरिलाल यादव ले ७७ मत र गोपालप्रसाद ताजपुरिया ले ७४ ल्याएर विजयी भएका छन् भने उनिहरुका निकटतम प्रतिद्वन्द्वी भवानी काफ्ले र अशोक यादवले ३९-३९ मत पाएका छन् । त्यसैगरी सहसचिव पदमा राजेन्द्र ताजपुरिया ले ८७ मत र भोला राजबँशीले ४२ मत ल्याएर विजयी भएका छन् उनिहरुका निकटतम प्रतिद्वन्द्वी श्यामलाल महतोले ४२ मत पाएका छन ।
सदस्य तर्फ वडा नँ १ मा नरसिंह राजवँशीले ८७ मत र श्याम राजवंशी ले ७७ मत प्राप्त गरेर बिजयी भएका छन् । वडा नँ ३ को सदस्य तर्फ नसिरुद्दिन मिया ले ९९ र मनमोहन हलिवाईले ८३ मत प्राप्त गरेर बिजयी भएका छन् । खस आर्य सदस्य तर्फ धरणी आचार्य ले ७५ मत ल्याएर विजयी भएका छन् । आदिवासी जनजाति सदस्य तर्फ सुशिल रइले ९१ मत, भोला राजवँशीले ८१ मत, कसक राजवँशीले ७८ र सत्य नारायण राजवंशी ले ७६ मत त्याएर बिजयी भएका छन् भने मधेसी सदस्य तर्फ श्रवण गोपले ५९ मत पाएर जित हात पारेका छन् ।