असार ७ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका मा कोरोना सँक्रमण नियन्त्रणमा आएको छ ।‌ अहिले सम्म कुल सँक्रमित १ सय ९३ जना मध्ये १७१ जना निको भइसकेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र ले जनाएका छन् । ४ दिन यता नयाँ सँक्रमित देखा परेको छैन ।‌‌


नयाँ भेरियन्टको सँक्रमण फैलिए यता गौरीगञ्जमा गत बैशाख १२ गते वडा नँ १ कि एक २४ वर्षिय महिला मा पहिलोपटक सँक्रमण पुष्टि भएको थियो । त्यस यता वडा नं १ मा ४६ महिला र ४६ पुरुष गरि ९२ जना, वडा नं २ मा ४ महिला र ७ पुरुष गरि जम्मा ११ जना, वडा नँ ३ मा १७ महिला र २३ पुरुष गरि ४० जना, वडा नँ ४ मा ४ महिला र ११ पुरुष गरि १५ जना, वडा नं ५ मा ३ जना महिला र वडा नँ ६ मा ११ महिला र १८ पुरुष मा सँक्रमण देखा परेको थियो
‌सँक्रमणका कारण गाउँपालिका भरि ५ जनाको मृत्यु समेत भएको छ । वडा नँ २ मा १ महिला, वडा नँ ३ मा १ पुरुष वडा नँ ४ मा १ पुरुष र वडा नं ६ मा १ महिला र १ पुरुष को सँक्रमण का कारण मृत्यु भएको थियो ।
तथ्याङ्क अनुसार अब गौरीगञ्ज गाउँपालिका मा सक्रिय सँक्रमित को सँख्या १७ मात्र रहेको छ । वडा नँ १ मा ७ जना, वडा नँ २ मा १ जना, वडा नँ ३ मा ३ जना, वडा नँ ४ मा १ जना र वडा नँ ६ मा ३ जना मात्र सक्रिय सँक्रमित रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । वडा नँ ५ भने सँक्रमण मुक्त भइसकेका छन् ।