जेठ २७ गौरीगञ्ज । सामान्यतया कुनैपनि पालिकाका अध्यक्षकले समग्र पालिकालाइ बिकाशको प्राथमिकतामा राखेको हुन्छ । पालिका भित्रका सबै वडाहरुको सर्वाङ्गिक बिकाशका लागि अध्यक्षले कुनै वडालाइ भेदभावपुर्ण ब्यवहार गर्नु हुदैन । तर गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले सँघिय सरकारबाट गौरीगञ्जका लागि योजना ल्याउनमा वडागत रुपमा भेदभाव गरेको देखिएको छ ।

आर्थिक बर्ष २०८० / ०८१ का लागि अध्यक्ष राजवँशीले सँघिय सरकारबाट पहल गरेर ल्याएका अधिकाँश योजनाहरु आफ्नै वडामा अर्थात वडा नँ ६ मा पार्न लगाएको पाइएको छ । सँघिय सरकार बाट ल्याएका ७ योजना मध्ये ४ वटा योजना आफ्नै वडामा पार्न लगाएकी छिन् । सँघिय सरकारबाट ल्याएका ७ योजना मध्ये उनले वडा नँ ६ को खजुरगाछी बसपार्कका लागि रु ५० लाख, खजुरगाछी कृषि बजारका लागि रु २० लाख , वडा नँ ६ मै निर्माण भइरहेको राजवँशी समाज बिकाश को भवनका लागि रु २५ लाख र वडानँ ६ कै खजुरगाछी खानेपानी योजनाका लागि रु ५० लाख बजेट ल्याएकी छिन् । बाँकी ३ वटा योजनामा वडा नँ १ को कुञ्जिबारी पशु बजारका लागि ३० लाख, वडा नँ २ को सँथाल बस्तीमा आवास कार्यक्रमका लागि रु ८० लाख र पालिकाको ल्याण्डफिल निर्माणका लागि रु ७० लाख ल्याएकी छिन् । वाँकी वडाहरुका लागि कुनै योजना नै लयाइनन् ।


यस अघिपनि चालु आर्थिक बर्षमा गौरीगञ्जकै सबै भन्दा ठुलो बजेटको योजना उनकै आफ्नै वडा मा पारेकी थिएन् जुन अहिले सञ्चालनमा छ । । अध्यक्ष राजवँशीको घर छेउको सडक मा सँचालित नाला निर्माणको योजना यो बर्षको सबै भन्दा ठुलो बजेटको योजना रहेको कुरा प्रवक्ता बद्री नारायण यादवले बताउका छन् । यो योजनाको बजेट झण्डै १ करोड रुपैया छ । तर सबैभन्दा ठुलो बजेटको योजना भएपनि सबै भन्दा फितलो काम भएको स्थानियहरुले गुनासो गरेका छन् ।
वडा नँ २ को हकमा सँथाल बस्तीका लागि ल्याएयको रु ८० लाख बजेट अध्यक्ष फुलबती राजवँशीको पहलबाट नआएको जिकिर वडा नँ २ का वडाध्यक्ष किनालाल राजवँशीको छ । उनि भन्छन् – हाम्रो वडा त गाउँपालिकाको प्राथमिकतामै थिएन । यहाँबाट योजना माग गरि पठाउँदा हाम्रो वडाको सँथाल बस्तिको योजना गाउँपालिकाले प्राथमिकताको नँबरमा नराखेको सुचना पाएपछी म आफै काठमाण्डौ गएर मन्त्रालयल धाएर सो सँथाल बस्तिको योजना पार्न लगाएको हुँ । किनकी मैले चुनाब ताका नै सँथालबस्तीका सँथालहरु सँग उनिहरुलाइ सुरक्षित बसोबासको ब्यवस्था मिलाउने बाँचा गरेको थिए । उनि भन्छन् – योजना माग गर्ने बेलामा पालिकाले प्राथमिकता माराखेकै योजना सँघिय सरकारले हेर्ने हो ।


गौरीगञ्ज वडा नँ ३ स्थित खानेपानी योजना ब्यबस्थित हुन नसक्दा वडा नँ ३ का उपभोक्ता दैनिक रुपमा फोहर पानी पिउन बाध्य हुँदा समेत अध्यक्ष राजवँशीको ध्यान यता मोडिन सकेन भने गौरीगञ्जकै बिकट मानिएका वडा नँ ४ र ५ तिर त झन अध्यक्षको ध्यान जादै गएन । चालु आर्थिक बर्षमा वडा नँ २ मा निर्माण भइरहेको चौनि सिमसारका लागि सरकारले छुट्याएको बजेट समेत ल्याउन नसकेको अध्यक्षले गत बर्ष अस्पतालका लागि ल्याएको एक्सरे मेसिन समयमा सँचालन गर्न नसक्दा मेसिन भित्र मुसा पसेर मेसिनै काम नलाग्ने गरि बिग्रीएको छ । अहिले रु ५ लाख खर्च गरेर पालिकाले अर्को मेसिन खरिद गरि ल्याएका छन् ।