फागुन ६, गौरीगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत वडा नं ३ स्थित नहर पुर्व एक मोटरसाइकल ले पैदलयात्री महिलालाई ठक्कर दिँदा महिला गम्भिर घाइते भएकी छन् ।
अघि साँझ प्र-१-०१-०१६ प ८९१४ नँबरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ४५ बर्षिया चन्द्रकला रिमाल घाइते भएको कुरा प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको र चालक दिपक श्रेष्ठ फरार रहेकोमा उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अचेत अवस्थामा रहेको घाइते महिला लाइ उपचारका लागि बिराटनगर पठाएको गौरीगञ्ज प्रहरीले जनाएको छ।