साउन १५, गौरीगञ्ज । गौरीगञजमा पनि आइतबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ८ बजेर १४ मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको खबर प्राप्त भएको छ । भारतको नेसनल सेन्टर फर सेस्मोलोजीका अनुसार खोटाङको हलेसी आसपास केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।