असार ४ गौरीगञ्ज । करिब ८ महिना पछि आज गौरीगञ्जको बजार अनुगमन गरिएको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय भद्रपुरको सहकार्य तथा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको नेतृत्वमा गदरिगञ्ज र खजुरकाछी बजारका केहि होटल बेकरी तथा देनिक पभोग्य सामग्री पसलमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा बुधबारे बजारमा बेच्न राखिएका करिब १ सय २० किलो प्रतिबन्धित मुँग्री मा५ बरामद गरि नष्ट गरिएको छ । बरामद गरिएका माछा जनप्रतिनिधि तथा सुक्षाकर्मीको रोहबरमा इलाका प्रहरी कायालय परिसरमा खाल्डो खनि नष्ट गरिएको हो । अनुगमनका क्रममा दर्ता नै नगरि सञ्चालन गरिएका २ वटा बेकरीहरुलाइ दर्ता प्रकृया पुर्याएर सञ्चालन गर्न चेतावनी दिइएको छ भने केहि पसलहरुमा म्याद गुज्रिएका सामान समेत जफत गरिएको थियो । त्यस्तै हटियामा बेच्न राखिएका म्याद ग्ज्रिने मिति नतोकिएका खाद्य बस्तुका प्याकेटहरु समेत हटाएका थिए ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष न्यौपाने सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुरबाट सागर राज पोख्रेल उद्योग बाणिज्य सँघ गौरीगञ्जबाट उपाध्यक्ष मनोज दास इलाका प्रसाशन कार्यालयबाट बिरेन्द्र चौहान गौरगञ्ज गाउँपालिकाबाट अस्मिता सुवेदी लगायत सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।