बैशाख ११, गौरीगञ्ज । स्थानीय तहको आसन्न चुनाव का लागि आज मनोनयन दर्ता को पहिलो दिन गौरीगञ्जमा ५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।‌ आज उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका लगायत स्वतन्त्र उम्मेदवार हरु छन् ।

अध्यक्ष पदका लागि राप्रपा लाएक र जनमत पार्टी का एक गरि २ जना , उपाध्यक्ष पदका लागि राप्रपा बाट एक जनमत पार्टी बाट एक र स्वतन्त्र बाट एक जना गरि जम्मा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरि वडाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । वडा नं १, २, ४ र ५ मा राप्रपा र जनमत पार्टी बाट एक एक जना , वडा नं ३ मा राप्रपा र जनमत पार्टी बाट एक एक जना र स्वतन्त्र बाट एक जना गरि ३ जना र वडा नँ ६ मा राप्रपा बाट १ जनाको मात्र वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको हो ।

सुची

त्यसैगरि खुला वडा सदस्य पदमा सबै वडामा गरि १९ जनाको, महिला सदस्य मा १० जनाको र दलित महिला सदस्य मा ७ जनाको उम्मेदवारी दर्ता भएको कुरा निर्वाचन अधिकृत भेषराज कोइराला ले जनाएका छन् ।