
चैत २१, गौरीगञ्ज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको २७ औँ बार्षिकोत्सव मनाएको छ । यसै बीच सँस्था को गौरीगञ्ज सेवाकेन्द्र ले पनि एक औपचारिक कार्यक्रमको आयोजना गरी सँस्था को २७ औँ बार्षिकोत्सव मनाएको छ ।
गौरीगञ्ज सेवाकेन्द्र का सँयोजक भोला प्रसाद खतिवडा को अध्यक्षता मा गौरादह ८ स्थित प्रभुधाम सेवा सदनको सभा हलमा सँस्थाको बार्षिकोत्सव मनाईएको हो । गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको बार्षिकोत्सव मा केक काटेर उपस्थित सबै सेयर सदस्य हरुलाई बाँडिएको थियो ।
बार्षिकोत्सव को अबसर पारेर सेवाकेन्द्र ले सँस्थाका दुई उत्कृष्ट व्यावसायी सेयर धनिहरुलाई सम्मान समेत गरेको छ । सँस्थाका सेयर धनी आरती कमार र रिना दासलाई उत्कृष्ट व्यावसायी को रुपमा सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो ।
बार्षिकोत्सव समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले सहारा नेपाल को सहकार्यमा गौरीगञ्जका करिब १ सय विपन्न परिवारलाई सुरक्षित आवासको ब्यवस्था गर्न पाएकोमा सँस्थालाई धन्यवाद दिएका छन् । यस सँगै सँस्था ले डाक्टर पढ्न चाहने सेयर सदस्य का सन्तान लाई क्षात्रवृती दिने गरेको, जेष्ठ नागरिक सेयर सदस्य हरुलाई समेत वार्षिक रुपमा सहयोग गर्ने गरेकोमा सँस्था को तारिफ गरेका थिए ।
कार्यक्रम मा सेवा केन्द्र सञ्चालक समिति सदस्य नन्द राज थाले स्वागत मन्तव्य राखेका थिए भने सेवा केन्द्र प्रमुख धर्मराज अधिकारी, सेयर सदस्य हरु देवीमाया खतिवडा, लक्ष्मी अधिकारी, घनश्याम यादव, आरती कुमार तथा सेवा केन्द्र सँयोजक भोला प्रसाद खतिवडा लगायतले मन्तव्य राखेका थिए ।