मँसिर १७ गौरीगञ्ज । ३० औ अन्तराष्ट्रिय अपाङ्गता दिवस गौरीगञ्जमा भब्यताका साथ मनाईएको छ । गौरीगञ्ज गाउँपालिका को सहयोग र अपाङ्गता सहयोग समिति गौरीगञ्जको आयोजनामा गौरीगञ्ज गाउँपालिका को सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि अपाङ्गता दिवस मनाईएको हो ।
अपाङ्गता सहयोग समिति गौरीगञ्जका सँयोजक शेरमान बुढाथोकी को सभापतित्व र गौरीगञ्ज गाउँपालिका का उपाध्यक्ष दिपेन्द्र थापा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अपाङ्गता सहयोग समिति दमकका सचिव मदन बोहोरा, एमाले गौरीगञ्ज वडा नँ ३ का वडा सँयोजक रुपक श्रेष्ठ, शाखा अधिकृत बिरेन्द्र खड्का, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मा गौरीगञ्ज र आसपासका अपाङ्गता भएका नागरिकहरुको उपस्थिति रहेको थियो ।