गौरीगञ्जमा पनि देखा पर्यो जँगली हात्ती

पढ्न समय: 1 मिनेट


पुस १९, गौरीगञ्ज । पछिल्लो समय झापा र मोरँगका बिभिन्न स्थानमा आतँक मच्चाइरहेको जँगली हात्ती झापाको गौरीगञ्जमा पनि देखा परेको छ । गएराति गौरीगञ्जको वडा नं ३ तेलकानी र क्याम्पस क्षेत्रमा जँगली हात्ती देखा परेको कुरा वडा नं ३ का वडा सदस्य गँगा राजवँशी ले जनाएका छन् ।

बिहान खेतमा हात्तीको पाईला हरु पछ्याउँदै जाँदा हात्ती तेलकानी तिरबाट क्याम्पस आसपास हुँदै उत्तर तिरबाट पश्चिम तिर गएको देखिन्छ – वडा सदस्य राजवंशीले भने । उनका अनुसार एउटा मात्र हात्तीको पाईला देखिएको र खेत मा लगाएको आलु लगायतका बाली हरुमा आँशिक रुपमा क्षति गरेको बताएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्