बैशाख ७ गौरीगञ्ज । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा गौरीगञ्जमा पनि निर्वाचन आयोगको कार्यालय स्थापना भएको छ । गाउँपालिका कै पहिलो तल्लाको एक कोठामा बिहिबार देखि बिधिवत रुपमा कार्यालय स्थापना भएको हो ।
गौरीगञ्ज गाउँपालिका भरिका १५ मतदान स्थल र ३० वटा मतदान केन्द्र हेर्ने गरि सो कार्यालय स्थापना भएको हो । गौरीगञ्जको लागि मतदान अधिकृत का रुपमा भेषराज कोइराला खटिएका छन् भने कार्यालय को सुरक्षा का निमित्त शसस्त्र प्रहरी को टोलि समेत व्यवस्थापन गरिएको छ ।
गौरीगञ्ज गाउँपालिका भरि २३ हजार ४ सय ७४ मतदाता रहेको कुरा निर्वाचन अधिकृत कोइरालाले जनाएका छन् ।