जेठ १० गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका कार्यालयले नव निर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा पुराना जनप्रतिनिधिहरुलाइ बिदाइ गरेको छ । बुधकार गाउँपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा स्वागत तथा बिदाइ गरिएको हो ।

प्रमुख प्रसाशकीय अधिकृत कृष्ण कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा बिदाइ मन्तब्य राख्दै निवर्तमान उपाध्यक्ष दिपेन्द्र थापाले अघिल्लो कार्यकालमा आफुहरुले गौरीगञ्ज गाउँपालिकामा बिकासको गोरेटो कोरिदिएकोमा नयाँ निर्वाचित जनप्रतिनिधिहरुले त्यो गोरेटोमा ग्राभेल गर्नेको कालोपत्रे गर्ने भन्ने कुरा उनिहरुको कार्यशैलीमा भरपर्ने कुरा बताए । त्यस्तै निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्टले आफुहरुले अधुरो छोडेका योजनाहरु नयाँ जनप्रतिनिधिहरुले पुरा गर्ने तर्फ आशाबादी भएको बताए । उनले खजुरगाछीको बसपार्क खजुरगाछीको कृषि बजार कुञ्जीबारीको पशु बजार क्याम्पस देखि बगुवा हुदै वगाचौधरी जाने सडक चिउरामील देखि हुलाकी सडक सम्मको सडक लगायतका योजनाहरु को आफ्नो कार्यकालमा डिपिआर तयार भइसकेकाले ति योजनाहरु लाइ नयाँ जनप्रतिनिधिहरुले अघि बढाएर लान अनुर।ध गरे ।

त्यस्तै एमालेका तर्फबाट अध्यक्षका प्रत्यासी उम्मेद्वार बिजय अग्रवालले नयाँ निर्वाचित जनप्रतिनिधिहरुको राम्रा कामहरुमा आफ्नो भरपुर साथ रहने तर भ्रष्टाचार तर्फ उन्मुख भए सबै भन्दा पहिले आफुलेनै त्यसको बिरोध गर्ने कुरा बताए ।

नब निर्वाचित अध्यक्ष फुलवती राजवँशी र उपाध्यक्ष पुजन न्यौपानेले आफुहरुले सबैको सल्लाह र सुझाव अनुसार नै काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट नव निर्वाचित जनप्रतिनिधिहरुलाइ प्रमाण पत्र प्रदान गरिएको थियो ।