गौरीगञ्जमा दमकल खरिदका लागि बिशेष गाउँसभा बस्ने

पढ्न समय: 1 मिनेट

कार्तिक १६ गौरीगञ्ज । बिभिन्न आगलागिका घटनाहरुबाट गौरीगञ्जको स्थानिय सरकार आलोचित हुन थालेपछी गौरीगञ्ज गाउँपालिकाले दमकल खरिदमा चासो देखाएको छ । गत कार्तिक १३ गते खजुरगाछी बजारमा आगलागि भएपछी दमकल खरिदको माग गर्दै गाउँपालिका पुगेका स्थानियहरुले दबाब दिएपछी अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले दमकल खरिदका लागि चासो देखाएका छन् ।

- Advertisement -
Ad image

गाउँपालिकामा भेला भएका आक्रोशित भिडले दमकल खरिदका लागि जन दवाब बढाएपछी उनिहरुलाइ सँबोधन गर्दै अध्यक्ष फुलदबति राजवँशीले भोली कार्तिक १७ गते कार्यपालिका बैठक बोलाएर दमकल खरिदका लागि बिशेष गाउँसभा आवहान गर्ने निर्णय गरिने प्रतसबद्धता जनजाएकी छन् । यस सँगै उपाध्यक्ष पुजन न्यौपाने कुँवर सहित ५ वटा वडाका वडाध्यक्षले समेत दमकल खरिदका लागि आफ्नो एक्यबद्धता रहने प्रतसबद्धता जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्