कार्तिक १८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका भित्र रहेका विद्यालयहरुमा कक्षा ११ को परीक्षा पुर्व निर्धारित मिती अर्थात कार्तिक २३ गते देखि नै हुने भएको छ । कक्षा १२ सम्म सञ्चालित बिद्यालयहरुका प्रधानाध्यापक हरु सँग आज बसेको शिक्षासमितीको बैठकले सो निर्णय गरेको हो ।
गाउँपालिका भित्र समुदाय स्तरमा कोरोना सँक्रमण फैलिन थाले पछी हिजो बसेको गाउँपालिका स्तरिय सिसिएमसि को बैठकले मँसिर ६ गते सम्म गौरीगञ्जमा सेमी लकडाउन गर्ने निर्णय गरेपछी कार्तिक २३ गते देखि लिने भनिएको कक्षा ११ को परीक्षा अन्यौलमा परेको थियो ।
सुरक्षामा सबै बिधी अपनाउदै सँबन्धीत बिद्यालय आफैंले होम सेन्टरमा परीक्षा सञ्चालन गर्नेछौ । शिक्षा शाखाका केशब भट्टराइले भने । कार्तिक २३ बिहान ७ बजेदेखि परीक्षा सँचालन गर्ने निर्णय भएकोले कक्षा ११ का बिद्यार्थीहरुले आ-आफ्नो बिद्यालयमा सम्पर्क गर्न समेत शिक्षा शाखा गौरीगञ्जले आग्रह गरेको छ ।


