चैत ७ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका- १ बिर्खेबस्तिमा आगोले जलेको अवस्थामा एक जनाको सब फेला परेको छ । सब स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरेको रहेको कुरा प्रहरीले जनाएका छन् । उनको सब आज बिहान १० बजे फेला परेको कुरा इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

तरकारी खेतीमा ओछ्याएको परालमा पराल सँगै जलेको अवस्थामा सब फेला परेको खबर पाए लगतै प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी टोलीले घट्नास्थल सुरक्षित गरेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली समेतको उपस्थितिमा मृतक शवलाई पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाईएको कुरा प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

घटना हिजो रातिकै भएको र बिहान १० बजे स्थानीय गरमलाल राजवँशीले खेतमा पराल सँगै मानिसको सब पनि जलेको अवस्थामा देखेर प्रहरी लाइ खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको कुरा इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।