गौरीगञ्जबाट हराएका पाँच जना बालकहरु कलकत्ता मा फेला परे

पढ्न समय: 1 मिनेट

असार २७, आईतबार बिहान देखि हराइरहेका गौरीगञ्जका पाचँ जना बालकहरु भारतको कलकत्तामा फेला पारेका छन् । उनिहरु पाँचैजना कलकत्ताको रेलवे स्टेशन मा फेलापरेको कुरा उनिहरुका आफन्तहरुले जानकारी दिएका छन् ।

- Advertisement -
Ad image

आईतबार बकरईदको बिदाको दिन कमाईण्ड स्टडी गर्ने भनेर गौरीगञ्जका १३ देखि १५ र्ष उमेर समुहका ५ जना बालकहरु बिहान ६ बजेको आसपास घरबाट निस्केका थिए । आईतबार विद्यालय बन्द का दिन साथिको घरमा कमाईन्ड स्टडी गर्ने हिडेका गौरीगञ्ज ६ का अभियान सिजापति, प्रत्युम अटल, गौरीगञ्ज ३ का आर्यन झा, तथा गौरीगञ्ज ४ का प्रिन्स राजवंशी र नितेश राजवंशी अबेरसम्म पनि घर नफर्किएपछि उनिहरुको परिवार ले आफन्त तथा साथीभाइ हरुको घरमा खोजि शुरु गरेको थियो ।

उनिहरु मध्यान्ह तिर भारतको बिबिगञ्जमा देखा परेको अपुष्ट खबर गौरीउञ्ज ३ का धिरज अग्रवाल ले पाएपछि पछि परिवार तथा आफन्तहरुले उनिहरुको खोजि भारत तर्फ केन्द्रित गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्