गौरीगञ्जबाट ब्राउन सुगर सहित दुइ पक्राऊ

पढ्न समय: 1 मिनेट

भदौ २९, गौरीगञ्ज । गौरीगञ्जबाट प्रतिबन्धित ब्राउन सुगर सहित २ जना पक्राऊ परेका छन् । वडा नँ २ बाट १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षी का सुवास तामाङ र सोहि ठाउ बस्ने भिम प्रसाद तुम्वाफाम्फे पक्राउ परेका छन् ।‌

- Advertisement -
Ad image

गत बुधबार दिउसो ईलाका प्रहरी कार्यालय गौरीगञज र प्रहरी चौकी कारोबारी को सँयुक्त टोलिले उनिहरुलाई भारत बाट नेपाल आउदै गरेको अवस्थामा मे.५ प ९१३५ न.को मोटरसाइकल सहित पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय झापले जनाएको छ । शँका लागेर मोटरसाइकल चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्