असोज ६ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका को सुरक्षा व्यवस्था प्रति स्थानीय सरकार उदासिन नरहेको कुरा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवर ले बताएका छन् । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जले आयोजना गरेको गौरीगञ्जको सुरक्षा व्यवस्था विषयक छलफल कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष ले सो कुरा बताएका छन् ।‌

गौरीगञ्जमा पछिल्लो समय चोरीका घटना हरु बढ्दै गएपछि गत भदौ २० गते देखि पटक पटक झापा उद्योग वाणिज्य संघ गौरीगञ्जले ब्यापारी तथा सरोकारवाला तथा जनप्रतिनिधि हरु बिच गौरीगञ्जको सुरक्षा व्यवस्था सँबन्धि छलफल चलाउने कोशिस गर्दै आएका छन् । यस क्रममा बिहिबार वडा नँ ६ को शिवालय मन्दिर हलमा आयोजित छलफलमा उपाध्यक्ष न्यौपाने ले गाउँपालिका अगाडि को पसलमा चोरी भएको बेला नै आफुहरुले सुरक्षा निकाय हरुलाई बोलाएर सुरक्षा व्यवस्था माथि अनौपचारिक छलफल गरेको बताएका छन् । छलफलमा बोल्दै अध्यक्ष राजवंशी ले गौरीगञ्जको सुरक्षा व्यवस्था प्रति स्थानीय सरकार गम्भिर रहेको र आफुहरु ले सुरक्षा व्यवस्था कडा बनाउन उद्योग वाणिज्य संघ सँग लिखित रुपमा सुझाव तथा कार्यक्रम मागेको बताएका छन् ।

छलफल का क्रममा स्थानीय तथा व्यावसायि हरुले बजारमा नाम मात्रको सीसी क्यामेरा जडान भएको, सडक बत्ती हरुको अवस्था नाजुक रहेको तथा दुर्व्यसनी समस्याका कारण चोरी का घटना हरु मा बृद्धि भएको बताएका थिए । स्थानीय तथा व्यावसायि हरुको गुनासोहरु लाई सँबोधन गर्दै अध्यक्ष राजवंशी तथा उपाध्यक्ष न्यौपाने ले भोलि ७ गतेकै कार्यपालिका बैऔक बाटै सँबोधन हुने गरि सीसी क्यामेरा, सडक बत्ती लगायतका समस्या हरुमा ठोस निर्णय गर्ने र लागु औषध दुर्व्यसनी समस्याका का लागि सचेतना मुलक अभियान चलाउने बताए ।

आज भएको छलफल ले दसै तिहार मा हुन सक्ने घटना दुर्घटना हरुलाई मध्यनजर गर्दै चोरीका घटना नियन्त्रण गर्न हरेक राति ९ : ३० बजेपछि गौरीगञ्जका सम्पुर्ण बजार पसल बन्द गराउने निर्णय भएको छ ।

उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतोको सभापतित्वमा सम्पन्न छलफलमा ईलाका प्रसाशन कार्यालय गौरीगञ्जका प्रमुख चुडामणि आपागाई, गौरीगञ्ज गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख जितेस दाहाल, सिमा सुरक्षा बल खजुरगाछी प्रमुख केदार जँग थापा, वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी, बडा नँ ४ का वडाध्यक्ष फेका प्रसाद गिरी, वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव, लगायत सरोकारवाला तथा व्यापारी ब्यावशायी हरुको उपस्थिति रहेको थियो ।