साउन १८ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले अस्वभाबिक रुपमा मालपोत शुल्क बृद्धि गरेपछी त्यसको सर्वत्र आलोचना शुरु भएको छ । आलोचना सँगै बृद्धि गरिएको शुल्क फिर्ता गराउन बिभिन्न राजनैतिक दलहरुले गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएर शुल्क घटाउन दबाब दिने कार्यपनि शुरु भएको छ ।
हिजो बुधबार नेकपा उमाले गौरीगञ्ज गाउँ कमिटीले ध्यानाकर्षण पत्र बुझाएका थिए भने आज बिहिबार दिउसो माओबादी केन्द्र गौरीगञ्ज गाउँ कमिटी र नेपाली काँग्रेस गौरीगञ्ज गाउँ कमिटीले छुट्टाछुट्टै ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष फुलबती राजवँशीलाइ बुझाएका छन् । ध्यानाकर्षणपत्र बुझाउदै उनिहरुले जनतालाइ मार पर्ने गरि गाउँपालिकाले बृद्धि गरेको मालपोत शुल्क पनर मुल्याँकन गर्न माग गरेका छन् । बिभिन्न राजनैतिक दलहरुले ज्ञापनपत्र बुझाउन थालेपछी अध्यक्ष राजवँशीले जनताको माग अनुसार बैठक बसेर मालपोत शुल्क पुनर मुल्याँकन गरिने प्रतिकृया दिएकी छन् । यद्यपी नियम अनुसार कुनै पनि सवा सुबिधा तथा शुल्क निर्धारणको कार्यपालिका बैठक बाट निर्णय गरेमा त्यसले बैधानिकता पाउदैन । यसलाइ बैधानिकता दिन बिशेष गाउँसभा बस्नु पर्ने नियम छ ।