असार २८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको एघारौँ गाउँसभाको निर्णयमा उपाध्यक्ष लगायत १२ जना गाउँसभा सदस्यहरुले आपत्ती जनाएका छन् । उनिहरुले बिज्ञप्ती जारी गर्दै गाउँसभामा न्यायिक समिति गठन गर्दा गाउँपालिका अध्यक्ष फुलबत्ती राजवँशीले बहुमतको दम्भ देखाउदै सहमती बिनै एकल रुपमा सदस्यहरुको नाम घोषणा गरेको आरोप लगाएका छन् ।
बिज्ञप्तीमा भनिएको छ − न्यायिक समिती निर्माण गर्ने क्रममा पालिका अध्यक्ष फुलबत्ती राजवँशी ज्युले एकलौटी रुपमा हाम्रो कुनै सरसल्लाह बिना नै नाम घोषणा गर्नु भएकोले नेपालको सँबिधान २०७२ को धारा २१७ ले उपाध्यक्ष लाइ न्यायिक समितीको सँयोजक भनि किटानी ब्यवस्था गरेको र स्थानिय सरकार सञ्चालन एन २०७४ ले बहुमतको भन्दा पनि सहमतिय आधारमा स्थमनिय तह सञ्चालन हुनु पर्ने मर्म भएतापनि अध्यक्षले बहुमतको दम्भका आधारमा एकलौटी रुपमा दुइ सदस्यको नाम घोषणा गरि सभा समापन गरेकोमा हामी र हाम्रो तर्फबाट यो निर्णय पुनर बिचार गरियोस भनि घोर आपत्ती जनाउदछौ ।
उपाध्यक्ष पुजन न्यौपाने वडाध्यक्षहरु श्रवण गिरी फेका गिरी बिजय सिँह गन्गाइ वडा सदस्यहरु शर्मिला राइ राजवँशी मीना देवि पासवान राजभक्त सुनुवार रेखा राजवँशी दुर्गा परियार दिनेश प्रसाद गन्गाइ निरा ऋषिदेव र कमला अधिकारीले बिज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
गाउँसभाका एक सदस्यका अनुसार गाउँसभामा अध्यक्ष फुलबत्ती राजवँशीले सभामा छलफल नै नगरि न्यायीक समितीको सदस्यहरुमा गँगा राजवँशी र राधा अधिकारीको नाम घोषणा गर्दै समितीले पुर्णता पाएको घोषणा गरेका थिए । त्यस लगतै उपाध्यक्ष पुजन न्यौपाने लगायत १२ जना सभा सदस्यहरु बिरोध जनाउदै सभाहल बाट बाहिरिएका थिए । १२ जना सभा सदस्यहरु बाहिरिएपनि अध्यक्ष राजवँशीले सहमती जुटाउनुको साटो सभा समापन भएको घोषणा गरेका थिए । आफुहरुले निर्णय माइन्युट मै हस्ताक्षर नगरेको तर अध्यक्षले हाम्रो हस्ताक्षर बिनाकै निर्णय लाइ सदर मान्दै सभा समापन गरेको कुरा सभा सदस्य शर्मिला राजवँशीले बताए । यस बारे गाउँपालिकाका प्रवक्ता बद्री नारायण यादब सँग बुझ्न खोज्दा उनले यस बारे अहिले नै कुनै प्रतिकृया दिन चाहेनन् ।
ऐन मै न्यायिक समितिको सँयोजक उपाध्यक्ष हुने व्यवस्था गरेको अवस्थामा उपाध्यक्ष कै सहमति बिना अध्यक्ष ले सो समिति गठनमा एकल निर्णय लाद्न नियम सँगत देखिदैन र व्यवहारिक पनि देखिदैन ।
बैशाख ३० गतेको स्थानिय तहको निर्वाचन पछी गठन भएको नयाँ स्थानिय सरकारको यो पहिलो गाउँसभा हो । अध्यक्ष र उपाध्यक्ष दुबै पदमा महिलाले नेतृत्व गरेको गौरीगञ्जको पहिलो गाउँसभामा सहमती जुटाउन नसक्दा पहिलो गाँस मै ढुँगा लागे जस्तो भएको छ ।
बिज्ञप्तीको पुर्ण पाठ हेर्नुहोस −
झापा जिल्ला गौरीगञ्ज गाउँपालिकामा स्थानिय तह निर्वाचन २०७९ बैशाख ३० बाट गौरीगञ्जमा जन निर्वाचित जनप्रतिनिधिहरु मध्ये हामी नेकपा एमालेको तर्फबाट उपाध्यक्ष लगायत १२ स्थमन प्राप्त गरेको हो । यस गाउँपालिकाको ११ औ गाउँसभा मार्फत बिभिन्न समितिहरु निर्माण गर्ने क्रममा नियम अनुसार सहमतीको आधारमा गर्दै आउको थियो । तथापी न्यायिक समिती निर्माण गर्ने क्रममा पालिका अध्यक्ष फुलबत्ती राजवँशी ज्युले एकलौटी रुपमा हाम्रो कुनै सरसल्लाह बिना नै नाम घोषणा गर्नु भएकोले नेपालको सँबिधान २०७२ को धारा २१७ ले उपाध्यक्ष लाइ न्यायिक समितीको सँयोजक भनि किटानी ब्यवस्था गरेको र स्थानिय सरकार सञ्चालन एन २०७४ ले बहुमतको भन्दा पनि सहमतिय आधारमा स्थमनिय तह सञ्चालन हुनु पर्ने मर्म भएतापनि अध्यक्षले बहुमतको दम्भका आधारमा एकलौटी रुपमा दुइ सदस्यको नाम घोषणा गरि सभा समापन गरेकोमा हामी र हाम्रो तर्फबाट यो निर्णय पुनर बिचार गरियोस भनि घोर आपत्ती जनाउदछौ ।