गौरीगञ्जको आदीबासी जनजाती महोत्सबमा अतिथी सदनको जग्गाको चर्चा

पढ्न समय: 3 मिनेट

गौरीगञ्जको आदीबासी जनजाती महोत्सबमा अतिथी सदनको जग्गाको चर्चा
माघ ९ गौरीगञ्ज । झापाको गौरीगञ्जमा आज देखि शुरु भएको आदीबासी जनजाती महोत्सबमा अनायासै लोकसेवा अतिथी सदनको जग्गाको चर्चा भएको छ । अतिथी सदनकै खुल्ला मैदानमा भएको महोत्सबको उद्घाटन सत्रमा अतिथीहरले मन्तब्य राख्ने क्रममा सो जग्गाको चर्चा चलाएका छन् । शुरुमा वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीले शुभकामना मन्तब्य राख्दै कुनै समयमा यस भेगका समाजसेबी भीमप्रसाद चौधरीले आफ्ना बुवा लोकनाथ चैधरीको नाममा यस क्षेत्रको हितका लागि लोकसेवा अतिथी सदनको जग्गा सरकारलाइ दिएको प्रसँग निकाल्दै उनले पछिल्लो समय केहि कथित नेता तथा समाजसेबीका खोल ओढेका भु माफियाहरुले सो जग्गा बेचि खान उद्दत देखिएको र सो जग्गा बचाउन लामो समयदेखि मुद्दा मामिलाको सामना गर्नु परेको प्रसँग उल्लेख गरेका थिए । जिल्ला प्रसाशन कार्यालयबाट समेत सो जग्गा लाइ नेपाल सरकारको नाममा ल्याएर त्यसको सँरक्षण गर्न स्थानिय सरकारलाइ पत्राचार गरेको प्रसँग उल्लेख गर्दै उनले स्थानिय सरकारलाइ सो जग्गा सँक्षणका लागि समेत झक्झक्याएका थिए । उनले यहि माघ २७ गते मुद्दाको टुँगो लाग्ने सँभावना रहेको बताएका छन् ।
त्यस्तै उनले सो जग्गाको प्रसँग झिकेपछी मन्तब्यकै क्रममा गौरीगञ्ज गाउँपालिकाका पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठले आफ्नै कार्यकालमा सो जग्गामा भु माफियाको आखा परेको र आफ्नै कार्यकालदेखि सो जग्गामा मुद्दाको सामना गर्नु परेको कुरा भन्दै सो जग्गा सँरक्षणमा आफुले पनि निकै साघर्ष गरेको बताउदै अहिलेको स्थानि सरकारले सो जग्गा सँरक्षणका ध्यान दिनु पर्ने बताएका थिए ।
फुलबती राजवँशी नेतृत्वको स्थानिय सरकारले गौरीगञ्जको बागडोर सँहाले पछी सो जग्गाको मुद्दा तुहाउने प्रयास गरेका थिए । मुद्दा लड्न आलटाल गरेपछी वडाध्यक्ष श्रवण गिरीले नै सो जग्गाको मुद्दा तुहाउनु हुदैन भनेर माहौल तताएका थिए । कार्यक्रममा सो जग्गाको प्रसँग उठेपछी सो कार्यक्रममा प्रमुख अतिथी बनेका गाउँपालिका अध्यक्ष फुलबती राजवँशीलाइ निकै नैतिक सँकट परेको थियो भने उनले आफ्नो मन्तब्यको क्रममा घुमाउरो पारेले बचाउ गरेका थिए ।
नेपाल आदीबासी जनजाती महासँघ तदर्थ समिती गौरीगञ्जको आयोजनामा भएको महोत्सको उद्घाटन समारोहमा महासँघ तदर्थ समितीका अध्यक्ष गँगा राजवँशीको सभापतित्वमा सम्पन्न भएको छ भने कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबती राजवँशी उपाध्यक्ष पुजन न्यौपाने कुँवर लगायतका बिशिष्ट ब्यक्तित्वहरुको उप्थिती रहेको थियो महोत्सब आज देखि माघ १९ गते सम्म सञ्चालन हन् कुरा आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्