माघ ८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा कार्यालय आउनै छाडेका छन् । गत मँसिर मसान्तमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरे पश्चात उनि पटक पटक बिदामा बस्दै आएका छन् । उनि नियमित रुपमा कार्यालय नआउदा कार्यालयको सेवा प्रवाह प्रभाबित भएको छ भने कार्यालयको आर्थिक कारोबार ठप्पप्राय भएको छ ।
गत पुसमा उनको हाजिरी रेकर्ड हर्नेहो भने उनि पुसमा जम्माजम्मी १३ दिन मात्र कार्यालय आएको देखिन्छ । उनि पुस १ गते कार्यालयमा हाजिर भएको देखिन्छ त्यसपछी २ गते देखि १० गते सम्म उनि लगातार बिदामा बसेका छन् । त्यसपछी ११ गते देखि १४ गते ४ दिन कार्यालय आएर १५ देखि १८ गते सम्म लगातार बिदामा बसेका छन् । १९ देखि २२ गते सम्म ४ दिन हाजिर भएर फेरी ४ दिन बिदा बसेका छन् भने २६ देखि २९ गते सम्म हाजिर भएको देखिन्छ । अचम्म कुरा त के छ भने पुस २७ गते पृथ्बी जयन्तीको सार्वजनिक बिदाको दिन समेत उनले हाजिर गरेको देखिन्छ । पुस २९ गते हाजिर भएपछी उनि हाल सम्म (यो तथ्याँक सँकलन गर्दासम्म ) कार्यालय आएका छैनन् ।
गत साउन २५ गते देखि गौरीगञ्ज गाउँपालिकामा हाजिर हुन थालेका उनि पछिल्लो समय कार्यालयमा मनोमानी ढँगले काम गरिरहेका छन् । मँसिर २८ गते भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनका शँकास्पद गतिबिधि बारे प्रश्न उठेपछी कतिपय प्रश्नहरुको जवाफै नदिइ उनि कार्यालय आउन छाडेका छन् । उनि बारम्बार बिदामा बसेर कार्यालयको सेवा प्रवाह नै प्रभाबित पार्दा समेत गौरीगञ्जका जनप्रतिनिधिहरुले कुनै कार्यापालिका बैठकमा यस बारे कुरा समेत उठाएको देखिदैन । झापाकै मेचीनगर नगरपालिकामा भने त्यहाका प्रशासकिय अधिकृत राजकपुर चम्लागाइले मनोमानी ढँगले काम गर्दा पुस १८ गतेको नगर कार्यपालिका बैठकले उनलाइ फिर्ता पठाउने निर्णय गरेको छ ।
के के छन् उनका बिबादस्पद कार्य
उनि हाजिर भएयता गौरीगञ्ज गाउँपालिका भित्रका शाखा तथा वडाहरुमा अस्वभाबिक तरिकाले कर्मचारी हेरफेर गरि उनले आफु अनुकुल सँयन्त्र तयार पारेका थिए । जसको परिणाम स्वरुप दुइदुइ वटा वडा एउटै सचिबलाइ जिम्मा दिदा वडा नँ २ र ४ मा जनताहरुले दैनिक सेवा पाउन सास्ती बेहोर्दै आएका छन् । कार्तिक ९ गतेबाट उनले आफु र आफु निकटका केहि उपल्लो तहका कर्मचारीहरुलाइ फाइदा पुग्ने गरि अतिरिक्त सेवा सुबिधा सँबन्धी कार्यबिधि कार्यपालिका बैठकमा ब्यापक छलफल नै नगरि गाउँपालिका अध्यक्ष लाइ प्रभाबमा लिएर राजपत्रमा प्रकाशित गरेका थिए । यसबारे गौरीगञ्ज दर्पणले रिपोर्ट प्रसारण गरेपछी मँसिर १८ गतेको कार्यपालिका बैठकले सो कार्यबिधि स्थगित गरेको थियो । गौरीगञ्जका जनताहरुको पहुचमै नभएका पत्रिकाहरुमा जनहितका सँदेश सँबन्धी बिज्ञापन छापेर लाखौ रकम दुरुपयोग गरेका थिए ।
गाउँपालिकाको सभाहलमा समेत उनले कार्यपालिकामा छलफल नै नगरि झण्डै १० लाख मुल्य बराबरको फर्निचर तथा सजावट सामग्री खरिद गरेका थिए । ति फर्निचरहरु ३ महिना बित्न नपाउदै भाचिन थालेका छन् । पछील्लो समय गाउँपालिका कार्यालयमा कोठा अभाव र सुरक्षित स्टोर को अभाव रहेकै बेला लाखौ मुल्य को स्टेशनरी सामग्री खरिद गरि थुपारेका छन् । सभाहलका पुराना फर्निचर तथा कुर्सीहरु कहा लगियो भन्ने बारे मँसिर २८ गतेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न सोध्दा समेत उनले कुनै उतर दिएका छैनन् ।