कार्तिक ३ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका भित्रका विद्यालयहरुमा कक्षा ११ को परीक्षा कार्तिक २३ गते देखि सञ्चालन हुने भएको छ । हिजो २ गते बसेको शिक्षा समितीको बैठकले गाउँपालिका भरिको बिद्यालयमा एकरुपता ल्याउन कार्तिक २३ गते बिहान ७ बजेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले परीक्षाको रुटिन समेत सार्बजनिक गरेको छ । जस अनुसार कार्तिक २३ गते अनिबार्य नेपाली, २४ गते अनिबार्य अँग्रेजी, २५ गते जनसँख्या र अर्थशास्त्र, २६ गते ऐच्छिक नेपाली, ऐच्छिक अँग्रेजी, ऐच्छिक स्वास्थ्य र व्यवशायिक अध्ययन, र २७ गते शिक्षाको परिचय, शैक्षणिक बिधि र लेखा बिषयको परीक्षा लिइने छ ।
कोभिड १९ का कारण सिर्जित असहज परिस्थितीका कारण केन्द्रले पठाएको निर्देशिका अनुरुप आ आफ्नै बिद्यालयमा परीक्षा सञ्चालन हुने कुरा शिक्षा समिती सँयोजक दिपेन्द्र थापाले जनाएका छन् ।
गौरीगञ्ज गाउँपालिकामा गौरीगञ्ज माबि, खजुरगाछी माबि, बालकल्याण माबि, गौरीगञ्ज क्याम्पस र देबकोटा माबि मा कक्षा ११ को अध्ययन अध्यापन हुने गरेको छ ।
गौरीगञ्जका विद्यालयहरुमा कक्षा ११ को परीक्षा कार्तिक २३ देखि हुने

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्