साउन ३२, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका भित्र का वडासचिबहरुको जिम्मेवारी मा ब्यापक हेरफेर गरिएको छ । समय र अबस्था हेरि वडा सचिबहरुमा फेर बदल गरिएको कुरा प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल ले बताएका छन् ।
वडा नँ १ र ४ बाहेक का सबै वडा सचिवहरुको जिम्मेवारी मा हेरफेर गरिएको छ । वडा नँ २ को वडा सचिवको जिम्मेवारी निर्वाह गर्दै आइरहेका गोबिन्द राजबँशीलाई वडा नँ ३ मा पठाइएको छ भने वडा नँ ३ का बडासचिब अजय साहलाई वडा नँ २ मा सरुवा गरिएको छ । त्यसैगरी वडा नँ ६ का वडा सचिब सुमन रेग्मीलाई वडा नँ ५ मा पठाइएको छ । वडा नँ ५ का वडा सचिब आजाद अन्सारी लाई गाउँपालिका मा तानिएको छ भने वडा नँ ६ मा वडा सचिव को जिम्मेवारी उमा ठाकुरलाई दिइएको छ । वडा नँ १ मा भोजकुमार अधिकारी र वडा नँ ४ मा एजिना भट्टाराई लाई यथावत राखिएको छ ।
साउनको पहिलो हप्तादेखि नै जिम्मेवारी हेरफेर गरिएपनि केहि वडासचिबहरुले अझै आफ्नो जिम्मेवारी सम्हाली नसकेको कुरा श्रोतले जनाएको छ ।