चैत १९, गौरीगञ्ज । गौरीगञ्जका टेलरिङ्ग उद्यमी युवा समिद आलमद्वारा लिखित सिलाई कटाई सम्बन्धि पुस्तक बिमोचन र बितरण गरिएको छ । गौरीगञ्ज ६ खजुरगाछी स्थित एक औपचारिक कार्यक्रमका बीच झापा क्षेत्र ५ का सभासद दिपक कार्कीले सो पुस्तक को बिमोचन तथा बितरण गरेका थिए ।
प्रदेश नं १ का पुर्व न्याय तथा कानुन मन्त्री हिक्मत कार्की द्वारा विनियोजित साँसद बिकास कोषको सहयोगमा १ हजार थान पुस्तक बितरण गरिएको हो । सो पुस्तक बाट टेलरिङ्ग पेसामा आबद्ध भएर स्वरोजगार हुन चाहने युवा युवतीहरु लाई फाइदा हुने कुरा पुस्तक का लेखक समिद आलमले बताएका छन् ।