गौरीगञ्जका बिद्यालय हरुले टेरेनन् गाउँपालिकाकै शिक्षा समिति को निर्देशन

पढ्न समय: 3 मिनेट


जेठ २७, गौरीगञ्ज । आफैंले बनाएको ऐन नियम कार्यवयनमा आफै फितलो देखिएको गौरीगञ्ज गाउँपालिका मा पछील्लो पटक गाउँपालिका भित्र सञ्चालित बिद्यालय हरुले समेत गाउँपालिका को निति निर्देशन मान्न छोडेको देखिएको छ ।
गौरीगञ्ज गाउँपालिका को शिक्षा शाखाले गत जेठ ११ गते एक सुचना जारी गर्दै आन्तरिक मुल्यांकन को आधारमा जेठ २५ गते भित्र गाउँपालिका भित्र का सम्पुर्ण बिद्यालय हरुलाइ कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मको नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

कक्षा ८ को हक मा भने जेठ २० गते नै नतिजा तयार गरि हार्ड कपि र सफ्ट कपि गाउँपालिका को शिक्षा शाखा मा बुझाउन निर्देशन दिएका थिए । तर जेठ २५ गते सम्म पनि ५ वटा बिद्यालय बाहेक कुनै बिद्यालय ले शिक्षा शाखामा कक्षा ८ को नतिजा बुझाएको देखिएन ।

- Advertisement -
Ad image
गाउँपालिकाले जेठ ११ गते जारी गरेको निर्देशन

गाउँपालिका ले सम्पुर्ण बिद्यालय हरुलाइ जेठ २० गते सम्म कक्षा ८ को नतिजाको सफ्ट र हार्ड कपि शिक्षा शाखा मा बुझाउन निर्देशन दिए पनि त्यसको ५ दिन पछी जेठ २५ गते मध्यान्ह गौरीगञ्ज दर्पण डटकम ले खोजि गर्दा डन भिलेज, न्यु युनिभर्सल, स्नोह्वाईट, ज्ञानोदय र राम जानकी आधारभुत बिद्यालय ले मात्र नतिजा बुझाएको देखियो । जबकी गौरीगञ्जमा गौरीगञ्ज माबि, खजुरगाछी माबि, आदर्श माबि, देबकोटा माबि, ज्ञानकुञ्ज एकेडेमी, मुनलाइट एकेडेमी, युनिभर्सल एकेडेमी, क्रिमसन , बालकल्याण स्नोह्वाइट लगायत डेढ दर्जन विद्यालयहरुमा कक्षा ८ सम्मको पढाई हुने गरेको छ ।
यि बिद्यालय हरु मध्ये केहि ले हिजो २६ गते कक्षा ८ को नतिजा बुझाएको र अन्य केहि बिद्यालय हरुको नतिजा आउन अझै बाँकी रहेको कुरा शिक्षा शाखा प्रमुख शुसिल दाहाल ले जनाएकाछन् ।

कक्षा ८ बाहेक अन्य कक्षाको नतिजा पनि जेठ २५ गते भित्र प्रकाशित गर्न निर्देशन दिइए पनि गाउँपालिका भित्र सञ्चालित अधिकांश विद्यालय हरुले आज २७ गते सम्म पनि नतिजा प्रकाशित गरेका छैनन् । जबकी नेपाल सरकारले असाढ १ गते देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय सार्वजनिक गरिसकेको छ ।
गाउँपालिका को निर्देशन विपरित नतिजा सार्वजनिक नगर्ने विद्यालय हरुको हकमा एक पटक शिक्षा समिति को बैठक बसेर के गर्ने भनि निर्णय गर्ने कुरा शिक्षा शाखा प्रमुख शुसिल दाहाल ले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्