गौरीगञ्जका बाढी पिडितहरुलाई एकद्वार प्रणाली द्वारा राहत बितरण गरिने

असार १६, गौरीगञ्ज । अबिरल वर्षाका कारण बाढीको चपेटामा परेका गौरीगञ्जका बाढी पिडितहरुलाई एकद्वार प्रणाली द्वारा राहत बितरण गरिने भएको छ । बिहिबार बसेको पालिका स्तरीय दैबिक प्रकोप उद्धार समितिको बैठकले सो निर्णय गरेको हो ।

बाढी पिडितहरुलाई समान रुपमा राहत बितरण गर्नका लागि गाउँपालिका को समन्वयमा एकद्वार प्रणाली द्वारा राहत बितरण गरिने कुरा कार्यपालिका का एक सदस्यले बताए । यसबाहेक बिहिबार को बैठकले सुरक्षा कर्मीहरुको समन्वयमा क्षतिको बिबरण तथा तथ्याङ्क सँकलन गर्ने, बाढि का कारण क्षति भएका हुलाकी सडक तथा पुलहरु पुनर्निर्माण तथा मर्मतका लागि सँबन्धित कार्यालय हरुमा पत्राचार गर्ने लगायतका निर्णय गरिएको कुरा कार्यालय का सुचना प्रविधि अधिकृत सुमन थापा ले जनाएका छन् ।

बिज्ञापन
अघिल्लो लेखमानवगठित लायन्स क्लब अफ गौरीगञ्जको ईन्डक्सन, चार्टर प्रेजेन्टेशन तथा ईन्सटलेसन सम्पन्न
अर्को लेखमाअनेरास्ववियुद्वारा गौरादह कृषि क्याम्पसमा तालावन्दी