
मँसिर ८ गौरीगञ्ज । गौरीगञ्जका १० जना दृष्टिबिहिन हरुलाई एक हप्ते गमनशिलता तालिम दिइएको छ । गौरीगञ्ज गाउँपालिका ो सहयोग र झापा नेत्र हिन सँघको आयोजना नासो तालिम सम्पन्न भएको हो । गत मँसिर २ गतेदेखि सुरु भएको तालिममा सेतो छडीको सहाराले हिड्ने शिक्षा सहित दुइ दिने कानुनी साक्षरता र १ दिने बचत तालिम समेत प्रदान गरिएको थियो ।
तालिमकै अवधिमा प्रशिक्षार्थी शेषलाल राजवंशी को सँयोकत्वमा पाच सदस्यीय बचत समुह समेत गठन गरिएको । समापन कार्यक्रममा प्रशिक्षार्थी हरुलाई सेतो छडी र आर्थिक उन्नति का लागि बाख्रा समेत वितरण गरिएको छ ।


झापा नेत्रहिन सँघका अध्यक्ष यसोदा बराल को सभापतित्वमा एक औपचारिक कार्यक्रम को आयोजना गरि बुधसो तालिम समापन गरिएको हो । समापन सत्रमा बोल्दै प्रशिक्षार्थी शेषलाल राजवंशी ले आफुहरु सो तालिम बाट लाभान्वित भएको कुरा बताए । तालिमका प्रशिक्षक भोलानाथ मिश्रले दृष्टबिहिन हरुका लागि गमनशिलता तालिमले हिड्ने कला सिकाए पनि एक हप्ते तालिम ले मात्र पर्याप्त नहुने र उनिहरुका लागि ब्रेल लिपी को शिक्षा समेत आवश्यक रहेको बताए ।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले बोल्दै अपाङ्गता भएका ब्यक्तिहरुका लागि अब आर्थिक उन्नयन का कार्यक्रम हरुमा जोड दिइने कुरा बताए । कार्यक्रम मा वडाध्यक्ष कुलप्रसाद र गिरी, बद्रि नारायण यादव, अपाङ्गता सहयोग समिति का अध्यक्ष शेरमान बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।