मँसिर ७, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत गौरीगञ्जका बहालवाला वडाध्यक्ष कार्तिक लाल राजवँशी र फिलबत्ती राजवंशी पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि का लागि बिजयी भएका छन् । वडाध्यक्ष राजबँशी झापा क्षेत्र नम्बर ४ बाट र फुलबारी राजवंशी झापा क्षेत्र नम्बर ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि का लागि बिजयी भएका हुन् ।

वडाध्यक्ष कार्तिक लाल राजवँशी ले खुला तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधि का लागि उम्मेदवारी दर्ता गराएका थिए भने उनले ३८५ मत ल्याएर दोश्रो स्थानमा बिजयी भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ५ को आदिवासी जनजाति महिला कोटाबाट फुलबत्ती राजवंशी ले उम्मेदवारी दिएका थिए । उनले ३७२ मत ल्याएर दोश्रो स्थानमा बिजयी हासिल गरेका छन् ।