साना किसान सहकारी संस्था गौरीगञ्जको आज भएको निर्वाचनमा अध्यक्ष पदमा रेखादेवी गिरी ६४ मतले विजयी भएकी छिन् । उनको चुनाब चिन्ह टेलिफोन लाई पछ्याउँदै निकटतम प्रतिद्वन्द्वी देवीमाया खतिवडा ले चुनाब चिन्ह घरमा २७ मत प्राप्त गरेकी थिइन् भने सुमित्रा बुढाथोकी ले चुनाब चिन्ह घडिमा १३ मत पाएकी छिन् ।
त्यसैगरी सदस्यहरुमा राखि मण्डलले चुनाब चिन्ह ताल्चामा ६३ मत र फडिन्द्र बहादुर कार्की ले चुनाब चिन्ह आँखामा ५७ मत प्राप्त गरि बिजयी भएका छन् । उनिहरु का प्रतिद्वन्द्वी सरस्वती बाबाजीले चुनाब चिन्ह साईकलमा ४३ मत र अमृता कटुवाल ले चुनाब चिन्ह हवाइजहाज मा ३६ मत पाएकी छिन् ।
निर्वाचन मा खसेको १३२ मत मध्ये अध्यक्ष मा १३, सदस्यमा ७ मत बदर भएको थियो भने १५ मत पुर्ण बदर भएको थियो । निर्वाचन मा निर्वाचन अधिकृत सोनु पोख्रेल लाई तोकिएको थियो भने भक्त कार्की लाइ मतदान सँयोजक तोकिएको थियो ।