• साउन २३, २०८०
  • Madan Rajbanshi
  • 0

साउ २३ गौरादह । झापाको गौरादह नगरपालिकाले ११ औँ नगरसभाबाट पारित गरेका सबै योजना निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । मँगलबार बिहान नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि आर्थिकबर्ष २०८०/ ०८१ का लागि तर्जुमा गरिएका वडा स्तरिय तथा नगर स्तरिय योजनाहरु साथै नगरपालिकाका निती तथा कार्यक्रमहरु सार्वजनिक गेको हो ।
नगरपालिकाका प्रमुख छत्रपति सुबेदीको अध्यक्षता तथा उपप्रमुख जलबर्षा राजवँशीको उपस्थितीमा नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारीले योजना निती तथा कर्यक्रम सार्वजनिक गरेका थिए ।
नगरपालिकाले सार्वजनिक गरेको योजना निती तथा कार्यक्रमको पुस्तिका अनुसार नगरपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ का लागि रु ७९ करोड ९२ लाख ६७ हजार रुपैयाको अनुमानित आय ब्यय प्रक्षेपण गरेको छ । जसमध्ये भौतिक पुर्वाधार तर्फ कुल बजेटको ३७ दशमलब २५ प्रतिशत अर्थात रु २५ करोड ५३ लाख ५८ हजार ५ सय ५३ रुपैया बिनियोजन गरेको छ भने शिक्षा तर्फ कुल बजेटको ३७ दशमलब ६५ प्रतिशत रकम अर्थात रु २५ करवड ८१ लाख रुपैया बिनियोजन गरेको छ । त्यसैगरि स्वास्थ्य क्षेत्रमा कुल बजेटको ११ दशमलब ५२ प्रतिशत अर्थात रु ७ करोड ९० लाख रुपैया बिनियोजन गरेको छ भने कृषि तथा पशु बिकाश तर्फ २ दशमलब २८ प्रतिशत अर्थात रु १ करोड ५६ लाख ५० हजार रुपैया बिनियोजन गरेको छ ।
पत्रकार सम्मेलनमा पत्रकारहरुबाट करबो बिषयमा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै नगरप्रमुख छत्रपति सुवेदीले सबै भन्दा महँगो जग्गाको मालपोत प्रति कट्ठा रु २ सय र सबै भन्दा सस्तो जग्गाको मालपोत प्रतिकट्ठा रु २ कायम गरिएको बताएका छन् । गत बर्ष बर्गिकरण अनुसारको बिबरण छलेर केहि सेवा ग्राहीहरुले मालपोत तिरेकाले त्यस्ता सेवाग्राहीहरुको हकमा मात्र गत बर्ष र यो बर्षको मालपोत तिरेको रसिदमा शुल्कमा अत्याधिक अन्तर देखिएको सपष्ट पारेका थिए ।