गौरादहमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

पढ्न समय: 1 मिनेट

मँसिर १२, झापा । गौरादहमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । वडा नँ ३ कार्कीचोकमा मँगलबार पिकअप भ्यानले एक बिद्युतिय रिक्सालाई ठक्कर दिँदा रिक्सा चालक वडा नँ २ बस्ने रघुनाथ काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौ नपा ५३ नम्बरको सिटी र पिकअप अस्थायी नम्बर २५३ आपसमा ठोकिएकाे गौरादह ट्राफिकले जानकारी दिए ।

- Advertisement -
Ad image

सिटिमा सवार भएका २ जना मध्ये १ जनाको अवस्था सामान्य रहेको अन्य एक जनालाइ थप उपचारका दमक लगिएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्