गौरादहमा कोरोना सँक्रमणबाट बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा, जेठ ८ । झापाको गौरादह ४ मा बिवाह भोजबाट संक्रमण फैलिदा बिवाह सम्पन्न भएको महिना दिन नबित्दै बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका वडा नँ ४ खङटाका ३० वर्षीय सन्तोष ताजपुरियाको बैशाख १५ गते बिबाह सम्पन्न भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष ,उनकी नवदुलही, आमासहित पाँच जनाको पुरै परिवारलाई संक्रमण देखिएको थियो । बेहुला सन्तोष की आमा शान्तिदेवी ताजपुरियाको सँक्रमण का कारण बैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे भने बेहुला सन्तोष ताजपुरियाको गए राति कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सन्तोष बैशाख २४ गतेदेखि उपचाररत थिए । गएराति उनको पनि मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

अघिल्लो लेखमाप्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको घोषणा
अर्को लेखमासँक्रमणका कारण मेचीनगरका वडाध्यक्षको निधन