• जेष्ठ ९, २०७९
  • Madan Rajbanshi
  • 0

झापा, जेठ ९: झापाको गाैरादह नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित भएको छ । छत्रपति सुवेदी प्रमुखमा र जलवर्षा राजबंशी उपप्रमुखमा निर्वाचित भएका हुन् । सुबेदी ले १२८४९ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर काँग्रेस का राेहितकुमार शाहले ११४८४ मत प्राप्त गरेका छन् ।‌

त्यसतै उपप्रमुख राजबंशीले ११९१४ मत प्राप्त गरि बिजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका पुष्पलाल ढकालले १०४३८ मत प्राप्त गरेका छन् ।

९ वटा वडा रहेको गौरादहमा एमालेले ५ वटा वडा जितेको छ । त्यस्तै कांग्रेसले दुईवटा वडा जित्दा माओवादी र स्वतन्त्रले एक–एक वटा जितेका छन् । वडा नं १ मा एमालेका नगेन्द्र भण्डारी १९९३ , वडा न. २ मा कांग्रेसका गोपालप्रसाद कोइराला १०६८ , वडा नं ३ मा स्वतन्त्र दिलिपकुमार भण्डारी १०९४ , वडा नं ४ मा एमालेका दुर्गामणि बस्नेत १८५८, वडा नं ५ मा एमालेकै जगन्नाथ खनाल १८९० , वडा नं ६ मा कांग्रेसका तोयानाथ प्रसाई १५३२ , वडा नं ७ मा एमालेकै वलराम खरेल १०२०, वडा नं ८ मा माओवादीका गणेशकुमार राजवंशी १३१४ र वडा नं ९ मा एमालेका उपेन्द्र निरौला १९०८ मतसहित निर्वाचित भएका छन् ।