कार्तिक २ गौरीगञ्ज । झापाको गौरादह नगरपालिकाको दक्षिणी क्षेत्रमा केहिदिन यता लुटेरा समूहले आतँक मच्चाइरहेको छ । गत मँगलबार नगरपालिकाको वडा नँ ७ स्थित ग्वालडुब्बा बजारमा दिउसै डकैती शैलीमा लुटपाट गरेको घटना सेलाउन नपाउँदै हिजो बिहिबार वडा नं ८ जुरोपानी मा समेत लुटपाट भएको छ । गएराति करिब ७३० को आसपास जुरोपानीको कालि मन्दिर नजिकै स्थानीय गणेश बहादुर थापाको घरमा लुटपाट भएको स्थानिय हरुले जनाएका छन् ।
थापाको घरबाट नगद रु १५ हजार ३ आना सुन र एउटा मोवाइल चोरी भएको प्रहरीले जनाएको छ । राति घरमा कोहि नभएको मौका पारी लुटेरा समुहले लुटपाट गरेको बुझिएको छ ।