मँसिर ८, गौरीगञ्ज । नेकपा एमालेको १०औं महाधिवेशनमा गौरादह कि जलबर्षा राजवँशी सहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनित गरेको हो ।
मनोनित हुनेहरुमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाई, जुरोपानीका पूर्व अध्यक्ष अमर शिवाकोटी, गौरादहकी वडा सदस्य तथा झापा जिल्ला समन्वय समिति सदस्य जलवर्षा राजवंशी र दमककी उपमेयर गिता अधिकारी रहेका छन् । कूल प्रतिनिधिको ५ प्रतिशत मनोनित गर्ने वैधानिक व्यवस्थाअनुसार १०६ जना मनोनित भएका हुन् । यसैगरी, माओवादी केन्द्रबाट आएका बालकृष्ण ढुंगेल, कृष्ण केसीलगायत पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।