बैशाख ६ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले गत चैत २६ गतेदेखि नै कित्ताकाट खुलाएपनि सुचना गुपचुप राखेको पाइएको छ । न त यस सँबन्धी गाउँपालिकाको वेभसाइटमा कुनै सुचना छ न त कार्यालयको सुचना पाटीमै सुचना टाँस गरिएको छ । कुनै वडा कार्यालयको फेसबुक पेजमा समेत यस सँबन्धी कुनै सुचना राखिएको छ ।
पालिकाले प्रत्येक वडाहरुमा कित्ताकाट बर्गिकरणको पुस्तिका पठाएको छ । सोहि पुस्तिका बमोजिम वडाहरुले कित्ताकाट तथा चार किल्ला प्रमाणित को सिफारिस गरिरहेका छन् । यद्यपी आम गौरीगञ्जबासीहरुलाइ कसको कुन कित्ता कुन बर्गिकरणमा परेको छ भन्ने जानकारी नै छैन ।
नियम अनुसार गाउँपालिकाले बर्गिकरण गरेको कित्तागत बिबरण को भु उपयोग क्षेत्र अनुसार कुनै ब्यक्तीले आफ्नो हकभोगमा रहेको जग्गा निर्धारित प्रयोजन भन्दा फरक प्रयोजनका लागि प्रयोग गर्नु परेमा सो को आधार र कारण खुलाइ भु उपयोग परिवर्तन गर्न वा गाउँपालिकाले गरेको आफ्नो कित्ताको बर्गिकरण चित्त नबुझेमा कारण सहित ३५ दिन भित्र दाबि बिरोध गर्न पाइन्छ । तर पालिकाले कित्ता काट खुलाएको १० दिन भन्दा बढि भइसक्दा समेत दाबि बिरोधका लागि न त गाउँपालिकाले ३५ दिने सुचना जारि गरेको छ न त वडाहरुले नै ।
कतिपय वडाहरुलाइ ३५ दिने सुचनाको बारेमा जानकारी समेत छैन । यस बारे गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठलाइ जिज्ञासा राख्दा उनले दाबि बिरोधको सुचनाका लागि वडा कार्यालयहरुमा परिपत्र गरिसकेको बताएका छन् । यद्यपि गौरीगञ्ज दर्पण डटकमले बुधबार वडा नँ १ २ र ६ को अनुगमन गर्दा वडा नँ १ मा मात्र सो सँबन्धि परिपत्र भएको पाइएको छ । वडा नँ २ र ६ मा सो ३५ दिने दाबि बिरोधका लागि कुनै परिपत्र नै गरेको देखिएन वडा सचिबहरुले इमेल चेक गर्दा समेत इमेलमा पनि परिपत्र भएको देखिएन । हामीलाइ परिपत्र र जानकारी नै नगराएइको अबस्थामा हामीले कसरी सुचना जारि गर्नु ?– एक वडा सचिबले गुनासो गरे । गौरीगञ्ज दर्पण डटकमले अन्य ३ वटा वडाहरुमा बुझ्दा ति वडाहरुमा पनि यस सँबन्धी कुनै सुचना टाँस गरिएको पाइएन । यद्यपी गौरीगञ्ज दर्पण डटकमलाइ पालिका बाट प्राप्त भएको जानकारी सँबन्धी कागजातमा पालिकाको सँलग्न कित्तागत बिबरणको भुउपयोग क्षेत्र अनुसार कुनै ब्यक्तीले आफ्नो हकभोगमा रहेको जग्गा निर्धारित प्रयोजन भन्दा फरक प्रयोजनका लागि प्रयोग गर्नु परेमा सो को आधार र कारण खुलाइ भुउपयोग परिवर्तन गर्न अनुसुची २ बमोजिमको ढाचामा स्थानिय भुउपयोग पेस गर्नेगरि निबेदन अभिलेख गर्न हुन समेत जानकारी गराइन्छ लेखिएको छ तर यो सँबन्धी सुचना नै कतै जारि गरेको देखिदैन ।
यस सँबन्धी स्थानिय सरकारले सुचनै दिएको छैन भने हामीले हाम्रो कित्ताको बर्गिकरण मा चित्त नबुझे कसरी र कती दिनमा दाबि बिरोध गर्ने भनेर कसरी थाहा पाउनु र कुन सुचनाका आधारमा दाबि बिरोध गर्नु ?– एक सेवाग्राहीले प्रतिप्रश्न गरेकाछन् ।