रबिन्द्र बराल ।
मोरङ धनपालथान गाउँ पालिका २ स्थित बरियाती टोल बाट प्रतिबन्धित गाँजा सहित तीन जना पक्राउ परेका छन । साेहि स्थान बस्ने वर्ष ४० का वसन्त पासवान काे घरको ट्वाईलेट पछाडी सेतो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा गाँजा ३ के.जि.१०५ ग्राम गाँजा बरामद गरिएको छ । प्रतिबन्धित गाँजा बिक्रि बितरणको गरेको गाेप्य सुचना काे आधारमा अमाहीबरियाती बाट खटिइएकाे गस्ती टाेलीले खाेजतलास गर्ने क्रममा पासवान सहित गाँजा ओसार पाेसार एवम बिक्रिबितरणमा संलग्न रहेका दुई जना लाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानार पालिका १६ बस्ने बर्ष ३६ का रबिन राई , साेहि स्थान बस्ने वर्ष २२ का वचन राई लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश नम्बर .१-०२-०४५ प २६९९ नम्बरको माेटरसाईकल सहित रविन राईको साथ बाट नगद रु.२० हजार ५ सय रुपैयाँ बरामद गरी उक्त गाँजा, तिन जना लाई पक्राउ गरिएको हाे । उनी हरु लाई थप अनुसन्धान का लागि ईलाका प्रहरी कार्यलय रंगेली मा राखिएको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।