
बैशाख १५ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ का गँगाराम यादवले गौरीगञ्ज गाउँपालिकाबाट पहिलो श्रम स्विकृती स्टिकर प्राप्त गरेको छ । बैदेशिक रोजगारीका लागि साउदी अरब जान लागेका यादवलाइ गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सन्तोष श्रेष्ठले स्टिकर प्रदान गरेको कुरा गाउँपालिका रोजगार सेवा केन्द्रकी प्रमुख बेगम राइले बताएका छन् ।

बैदेशिक रोजगारमा जान चाहने हरुका लागि श्रम स्विकृती वा पुन श्रम स्विकृती पाउन सहज होस भनेर गत चैत्र १६ गते नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को मन्त्री स्तरिय निर्णय अनुसार स्थानिय तहहरुको रोजगार सेवा केन्द्रहरु बाटै श्रम स्विकृती र पुनर स्विकृतीका लागि आबेदन दिन सक्ने ब्यवस्था गरे अनुसार यादवले गत बैशाख ४ गते पुनर श्रम स्विकृतीका लागि गौरीगञ्ज गाउँपालिकाको रोजगार सेवा केन्द्रमा निबेदन दिएका थिए ।
गौरीगञ्ज गाउँपालिका बाट आजै लक्षमण बस्नेतले पनि श्रम स्विकृती स्टिकर प्राप्त गरेकाछन् । स्थानिय तहबाटै श्रम स्विकृती स्टिकर प्रदान गर्न थालेपछी अब बैदेशिक रोजगारमा जानेहरुले श्रम कार्यालय धाउनुपर्ने अबस्थाको अन्त्य भएको कुरा गाउँपालिकाकी रोजगार सेवा केन्द्रकी प्रमुख बेगम राइले बताएकी छन् ।
