
साउन १४, विराटनगर । कोरोना भाइरस बिरुद्धको खोपमा अनियमितता गरेको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध महानगर भवन अगाडि बिहीवार प्रदर्शन गरिएको छ। स्थानिय युवाहरुको समुहले मेयर पराजुली बिरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराउन माग गर्दै हाम्रो खोप खोई ? भनेर प्रश्न गरेका थिए ।
आम नगरबासी हरुलाई खोप अपुग भइरहेको बेला बुधवार राति विराटनगरको मुनाल पथमा स्थानीय काङ्ग्रेस कार्यकर्ता विमल राजभण्डारीका घरमा सुटुक्क भेरोसेल खोप दिइरहेको चाल पाएपछि स्थानीय युवा र महिलाले मेयर पराजुली र उनको समूहलाई खेदेका थिए । यो खबर बाहिरिए सँगै मेयर पराजुली को हर्कतको चौतर्फी विरोध भईरहेकोछ ।
प्रमुख पराजुलीले बुधवार राति एक कार्यकर्ताका घरमा आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन्।