बिनिता निरौला ।
असार ९, गौरादह । झापाको गौरादह नगरपालिका वडा नं ७ पुरानो ग्वालडुब्बा निवासी हावालाल राजवंशीले चटपटे व्यवसाय चलाइरहेका छन् । स्कूल र क्याम्पसमा पढ्ने विद्यार्थी देखि अधिकांश मानिसले बिशेष गरि महिला हरुले रुचाउने चटपटे ब्यापार अहिले खुब फस्टाएको छ । चटपटे सस्ताे मुल्यमा अाउने र खाजाकाे पनि काम गर्ने भएकाले सबै मानिसहरू यस प्रति आकर्षित हुन्छन्। विध्यालयकाे टिफिनकाे समय र बजारकाे दिन मानिसहरूकाे भिडभाड हुने भएकाले चटपटे बनार दिन उनलाई भ्याइनभ्याई हुन्छ। चटपटेमा घरमा बनाइएकाे सामाग्री प्रयाेग हुने भएकाे र चिल्लाे चाप्लाे नमिसाइने भएकाले सबैले खान रूचाउछन् । चटपटे बनाउन मटर,चना,भुजा,खुर्सानि, आलु, भुजिया, कागति, भटमास, लगायतका सामाग्री चाहिने भएकाले बजारबाट खरिद गरेर ल्याउनु पर्ने हावालाल बताउछन् । चटपटे व्यावसाय गर्न महंगो सामान भनेकाे ठेला मात्र भएकाले ठुलाे लगानि अावश्यक नपर्ने उनकाे भनाइ छ । थाेरै लगानिमा सितलमा बसेर व्यावसाय गर्न सकिने भएकाले खेतिमा जस्ताे दुख गर्नु पर्ने उनले बताए। घर परिवारहरूले पनि व्यापार गर्न सघाएकाले व्यावसाय बाट अाफु सन्तुष्ट रहेकाे उनकाे भनाइ छ । व्यापार गरेर धेरै ठुलाे मुनाफा कमाउन नसकिए पनि घर परिवारकाे खर्च चलाउन सकिने हावालाल बताउँछन् । व्यावसाय सुरू गर्नु अगाडि घरका लागि कुनै सामान लिन परेमा पैसा नभएर साहुकाे मुख ताक्नु पर्दथियाे । साहुले पैसा नदिएमा समुहबाट समेत व्याजमा पैसा ऋण लिनु पर्दथियाे । चटपटे व्यावसाय सुरू गरेपछि दिनैपिछे पैसा कमाइ हुने भएकाले सानाे तिनाे खर्च चलाउन साहुसंग ऋण खाेज्नु पर्दैन । मानिसहरूले दुख कष्ट नगरि सहज रूपमा गर्न सकिने व्यावसाय अवलम्वन गर्न अावश्यक छ। पाैराणिक काल देखि गरिदै अाएकाे व्यावसायलाई अाधुनिकिकरण गरि सहज जिवनयापन गर्न सकिने व्यावसाय गर्नु अाजकाे अावश्यकता भएकाे राजवंशीकाे भनाइ छ।
परम्परागत खेतीपाती मा लगानी अनुसारकाे प्रतिफल नपाए पछि मानिसहरु खेतीकाे बिकल्प खाेज्न थालेका छन् । मानिसहरूले दुःख नगरिकन सहज रुपमा मुनाफा कमाउन सकिने व्यवसाय गर्न सुरु गरेका छन्।
धेरै पैसा हुनेहरूले ठूलो ब्यापार गर्ने गरेका छन भने थोरै पैसा हुनेहरूले कम लागतमा चलाउन सकिने व्यवसाय गरेका छन्। मानिसहरू खेतीलाई छोडेर अन्य व्यवसाय प्रति आकर्षित हुँदा खेतीमा मजदुरको अभाव हुन थालेको छ।कृषिलाई प्रमुख पेशा मानेर खेती गरेका किसानलाई दुःख कष्ट नगरी खेतीको भन्दा राम्रो कमाइ हुने अन्य व्यवसाय प्रति मानिसको आक्रषण बढ्न थालेकाे छ। हातमा सीप र जोस जागर बोकेर काम गर्न अगाडि बढेका मानिसहरूलाई कसैले पनि छेक्न सक्दैनन् ।