खाना पकाउने ग्यासमा रु ७५ र डिजेल पेट्रोलमा प्रति लिटर रु ३ ले भाउ बढ्यो

पढ्न समय: 1 मिनेट

नेपाल आयल निगमले खाना ग्यास सहित ईन्धनको भाउ फेरी बढाएको छ । निगमले आज मध्यरातदेखि लागू हुनेगरी एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ, डिजेल र पेट्रोल मा प्रति लिटर रु ३ रुपैयाँ र हवाई इन्धन मा प्रति लिटर रु ५ रुपैयाँ मुल्य बढाएको हो । मुल्यवृद्धिको चर्को विरोध भइरहेकै बेला निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो।

आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।

- Advertisement -
Ad image

पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ, डिजल ११९ रुपैयाँ कायम भएको छ।

हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा पाँच रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए। अब हवाई इन्धन प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ।यसैगरीअब ग्यास प्रतिसिलिण्डर १५७५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्