खाना पकाउने ग्याँस सहित फेरि बढ्यो प्याट्रोलियम पदार्थको मूल्य

भदौ ७, काठमाडाैं । नेपाल आयल निगमले फेरिपेट्रोलियम पदार्थ लगायत खाना पकाउने ग्यासको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएकाछन् । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ भने खाना पकाउने ग्यासको प्रति सिलिन्डर २५ रुपैयाँ मुल्य बढाएको छ ।‌

इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य बढाएको थियो ।

अघिल्लो लेखमाबलबहादुर र अस्मिताको मनकी मञ्जरी सार्वजनिक
अर्को लेखमाप्रदेश मन्त्रीका रुपमा हिक्मत कुमार कार्कीका १२८४ दिन ( बक्तब्य)