
बिर्तामोड, साउन १६ । खोप लुकाउने बिर्तामोड नगरपालिकाका कोभिड पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
आज बिहान स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल क्रान्तिकारी झापाले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । कोरोनाविरुद्धको खोपमा कालोबजारी गर्ने बिर्तामोड नगरपालिकाका कोभिड पर्सन खड्कामाथि कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । जबसम्म कालोबजारीमा संलग्न खड्कासहितका कर्मचारीको पहिचान गरेर कारवाही हुँदैन तबसम्मको लागि बिर्तामोड नगरपालिकाको कार्यालयमा लगाईएको ताला नखोलिने नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कट्वालले जानकारी दिएका छन् ।
यसैगरी अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले संघर्षको कार्यक्रम निरन्तर रुपमा अगाडी बढाउने भन्दै यहाँ भएका सबैखाले विकृति अन्त्यको लागि आफूहरु लागेको बताए । बिर्तामोड नगरपालिकाका कोभिड पर्सन खड्कालाई कोरोनाविरुद्धको भेरोसिल खोपसहित बिर्तामोडको एक होटलबाट प्रहरीले हिजो पक्राउ गरेको थियो ।