साउन २८ गौरीगञ्ज । हुलाकी सडक निर्माण का क्रममा खाने पानीको पाईप फुट्दा गौरीगञ्जको खजुरगाछी र हुकागाछी क्षेत्र लगायतका ठाउँहरुमा पानीको आपुर्ति बन्द भएको छ । पाईप मर्मत नहुने गरि क्षति भएको र नयाँ पाइप बिच्छ्याएर आपुर्ति सहज बनाउन ४ दिनको समय लाग्ने कुरा गौरीगञ्ज खानेपानी उपभोक्ता समिति का सचिव गँगा राजवंशी ले गौरीगञ्ज दर्पण डटकम लाई बताएका छन् ।

नयाँ पाइप बिच्छ्याउन प्राबिधिक बोलाएका छौँ । आजबाट काम शुरु हुन्छ – राजवँशीले बताए । हुलाकी सडकमा निर्माण भएको नयाँ नालाको छेउबाट खनेर पुन: पाईप बिच्छ्याउनु पर्ने भएकाले कम्तीमा ४ दिनको समय लाग्ने र सँभवत: सोमबारदेखि पानी को आपुर्ति सहज हुने उनको भनाइ छ ।

गौरीगञ्ज क्षेत्रमा हुलाकी सडक निर्माणको को क्रममा ठेकेदारले मनपरी गर्दा र खानेपानी उपभोक्ता समिति सँग समन्बय नगर्दा उपभोक्ता हरुले पानी जस्तो अत्यावश्यकीय वस्तु उपभोग गर्नबाट बञ्चित हुनु परेको कुरा उनले बताए । बुधबार गौरीगञ्ज चोक देखि पश्चिम सडकको माटो सोर्ने क्रममा खानेपानी को मुख्य पाइप ६ ठाउँमा फुटेको छ । जसका कारण बुधबार दिउसो देखि चोक देखि पश्चिम , दक्षिण र चोक पुर्व सडक दक्षिण का उपभोक्ता हरुको घरमा पानीको आपुर्ति अबरुद्ध भएको छ ।

हुलाकी सडक निर्माण को ठेक्कामा बिजुली र खानेपानी पाइप मर्मत वा स्थानान्तरण को रकम समेत समावेश भएपनि पछील्लो समय ठेकेदारले पाइप फुटाउने तर मर्मत सँभारको खर्च दिन आनाकानी गर्ने गरेको कुरा उपभोक्ता समिति का एक पदाधिकारीले बताए । हुलाकी सडक निर्देशनालयले पाइप स्थानान्तरण लागि पुरै स्टिमेट बनाएर पठाएपनि ठेकेदार कम्पनी ले केहि पाइपहरु मात्र किनिदिएको र मर्मत र पाइप बिछ्याउने प्राविधिक खर्च नदिएको उनको गुनासो छ ।

पछिल्लो समयमा हुलाकी सडक निर्माण मा ठेकेदार कम्पनी गजुरमुखी मोतिदान कन्स्ट्रक्सनले सडकको नाला निर्माण मा लापरबाही गरिरहेको छ । गौरीया पुल पश्चिम वडा नँ ६ मा आरसिसि प्रबिधि को नाला निर्माण गरेको कम्पनी ले पुल पुर्व वडा नं ३ मा दुइ नँबरी कमसल इटाको नाला निर्माण गरेको छ । नाला निर्माण का क्रममा इटा सकिएपछी पुल पुर्व चन्दन दासको पसल अगाडी ढुँगाको नाला बनाइ रहेको छ । चोक देखि पुल सम्म को नाला निर्माण मा ठेकेदारले हिलो पानी माथी नालाढलान गरि कमजोर काम गरेपनि गौरीगञ्जका जनप्रतिनिधि हरु मुकदर्शक बनेका छन् ।